आमालाई खुसी बनाउन आमाकै विरुद्ध मुद्दा हालें


| मदनकृष्ण श्रेष्ठ, कलाकार
मेरी आमा
धेरै वर्षअघि तुमलिङटारमा जहाज दुर्घटना भएको थियो, ठ्याक्कै मिति
बिर्सें
। त्यतिबेला थुप्रैले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा आमा र बच्चा
पनि
थिए । यसबारे मैले समाचार पढेको हुँ । आमाले बच्चालाई बेसरी छातीमा
टाँसेकी रहिछन् । बच्चाको छाती आमाको छातीमा टाँसिएको रहेछ ।
दुवैको
शरीर र कपडा जलेको थियो रे । तर, शव छुटाउँदा बच्चा टाँसिएको
आमाको
छातीनेरको कपडा जलेको थिएन रे । ती आमाले कति जोडले बच्चालाई
च्यापिन होला ! ठोक्किँदा, आगोले पोल्दा पनि बच्चालाई छाडिनछन्,
यही
त हो आमाको माया ।
आमा भगवानको अर्को रुप
हुन् भन्ने लाग्छ मलाई । तर,
मैले आमाबाटै आमाको
माया अनुभव गर्न पाइनँ । म
६ महिनाको हुँदा मेरी
आमा बित्नुभएको हो रे ।
सम्झनामा सचित्र त आमा
हुनुहुन्न तर भावनामा हुनुहुन्छ
। उति बेला फोटो त्यति
प्रचलनमा आइसकेको थिएन,
ब्ल्याक एन्ड ह्वाइटको
जमाना थियो । धेरैपछि हो मैले मेरी आमालाई तस्बिरमा हेरेको ।
मामाको
घरमा जाँदा यी तिम्री आमा भनेर मलाई तस्बिर देखाइएको थियो । ए,
यस्ती
पो हुनुहुँदो रहेछ मेरी आमा भनेर धेरैबेर तस्बिर हेरेको याद छ ।
मेरी आमा बितेको केही पछि बुवाले अर्को बिहे गर्नुभयो । दोस्रो
आमालाई म
राम्रैसँग सम्झन्छु । उहाँले मलाई माया गर्नुहुन्थ्यो । उहाँको माइती
न्युरोडमा
हो, मलाई पनि लैजानुहुन्थ्यो । त्यहाँ सबैले मलाई माया गर्नुहुन्थ्यो ।
दोस्री आमा पनि दुईटा बच्चा जन्मेपछि बित्नुभयो । पछि दुइटा बच्चा
पनि
बिते । त्यसपछि बुवाले तेस्री आमा बिहे गर्नुभयो, लगनटोलबाट । तेस्री
आमालाई मैले राम्रैसँग सम्झन्छु । उहाँले मलाई माया गर्नुहुन्थ्यो । जहाँ
जाँदा
पनि सँगै लैजानुहुन्थ्यो । तर, तेस्री आमा पनि बित्नुभयो । उहाँले एउटा
छोरा
जन्माउनुभएको थियो, ऊ पनि खस्यो ।
त्यसपछि बुवाले अहिलेकी आमा ल्याउनुभयो, रामेछाप भंगेरीबाट । जति
बेला
म आठ वर्षको थिएँ । आमा मभन्दा मात्रै नौ वर्ष जेठी हुनुहुन्छ । अहिले ७४
लाग्नुभयो ।
अहिलेकी आमाले सानोमा मेरो ख्याल गर्नुभयो, माया देखाउनुभयो । म
स्पष्ट
बुझ्थें– मेरो नजरमा उहाँलाई सानिमा बन्नु थिएन ।
आफ्नी आमा र त्यसपछिका दुइटी आमा गुमाउँदासम्म मलाई मेरा फूपूहरूले
हुर्काउनुभएको हो । खासगरी सानो हुँदा नै आमाको माया चाहिन्छ,
चाहिने
मात्रै होइन पाइन्छ पनि । तर, त्यस्तो सौभाग्य मलाई प्राप्त भएन । जन्म
दिने
आमा गुमाएपछिका आमाहरूले पनि मलाई माया नगर्ने त होइन । तर, उहाँहरू
पनि
लामो समय रहनुभएन ।
धेरैपछि हो मैले मेरी आमालाई तस्बिरमा हेरेको । उतिबेला फोटो त्यति
प्रचलनमा आइसकेको थिएन, ब्ल्याक एन्ड ह्वाइटको जमाना थियो ।
मामाको घरमा जाँदा यी तिम्री आमा भनेर मलाई तस्बिर देखाइएको
थियो । ए, यस्ती पो हुनुहुँदो रहेछ मेरी आमा भनेर धेरैबेर तस्बिर हेरेको याद

।आठ वर्षमै मैले तीनवटी आमा गुमाएँ । मेरो शब्दकोसमा ‘सानिमा’ भन्ने
शब्द छैन ।
सानोमा मनमा लाग्ने र सम्झना हुने गरी फूपहरूबाटै हो मैले माया पाएको

फूपूहरुको मायामा कुनै कमी थिएन । फूपूहरू भगवानजस्तै लाग्छ मलाई ।
फूपूहरूले
खाना खुवाएको, चुठाएको, नुहाइदिएको, लुगा फेरिदिएको सम्झना छ ।
मेरा तीन फूपूमध्ये दुईजना बितिसक्नुभयो । कान्छी फूपू हुनुहुन्छ, उहाँलाई
मैले
नानीफूपू भन्छु । उहाँलाई सबैले घरमा ‘नानी’ भनेर बोलाउँथे । माइली
फूपूलाई
हजुरफूपू र ठूलीलाई ठूलीफूपू भन्थें ।
फूपूहरूका छोराछोरीसँग अहिले दाजुभाइ, दिदीबहिनीको सम्बन्ध छ ।
नानीफूपू अहिले अमेरिका हुनुहुन्छ, अमेरिका जाँदा उहाँहरूकैमा बस्छु
बितेका आमाहरू कसैलाई पनि सानीआमा भनेर सम्बोधन गरेको मलाई
सम्झना
छैन । सबैलाई आमा भनेरै सम्बोधन गर्थें । पछिल्ली आमा जो अहिले हुनुहुन्छ,
उहाँलाई आमा भन्छु । मेरो शब्दकोषमा सानिमा भन्ने शब्द छैन । यतिसम्म
कि
नाटक, टेलिफिल्म, चलचित्र, प्रहसन, रेडियो कार्यक्रम केहीमा पनि मैले
‘सानीआमा’ उच्चारण गर्नुपर्नेछ भने त्यो मलाई स्वीकार्य हुँदैन ।
‘सानीआमा’
उच्चारण गर्नुपर्ने कुनै भूमिका छ भने पनि त्यसमा खेल्दिनँ । किन–किन
मलाई
आमा नै भन्नुपर्छ ।
म जन्मेर हुर्केको जितुफेदीमा हो । उतिबेला बालाजुबाट एक घन्टा हिँडेर
जानुपथ्र्यो । हाम्रो फेदी र काठमाडौंमा जग्गा थियो, छ ।
हाम्रो परिवार काठमाडौं नरदेवीमा भाडामा पनि बस्यो । मेरो बुवा
प्रधानपञ्च हुनुहुन्थ्यो । राजनीति होइन, समाजसेवा गर्नुहुन्थ्यो बुवाले ।
बुवा
प्रधानपञ्च भएकाले घरमा थुप्रै मान्छे आउँथे, अनेक काम लिएर । बुवा सधैँ
अर्काको काम गरिदिन व्यस्त हुनुहुन्थ्यो । बुवाको कुनै कमाइ थिएन ।
जग्गा
पनि हजुरबाले जोड्नुभएको हो । बुवा ०३२ सालमा बित्नुभयो ।
बुवाले मलाई सानै उमेरमा जागिर लगाइदिनुभयो । मैले १४ वर्षमै पढाउने
जागिर
गर्थें । पछि सञ्चयकोषमा पनि जागिर खाएँ ।
मेरी अहिलेकी आमातिर दुइटी बहिनी र एक भाइ छ । हाम्रो काठमाडौं
सोल्टीमोडमा पुख्र्यौली जग्गा थियो । त्यहाँको जग्गा बेचेर पैसा तीन
भाग
लगायौं– आमा, भाइ र मलाई । मैले नख्खीपोटमा जग्गा किनेँ । ०३८
सालतिर
मैले घर बनाएपछि हाम्रो भान्सा अलग भयो ।
आमा र भाइका लागि नयाँबजार खुसिपुमा घर बनायौँ । घर नबनाउँदासम्म
पैसा भाइको नाममा बैंकमा राख्यौँ । तर, चेकबुक मैले राखेको थिएँ,
उनीहरूले
खर्च गर्लान्, घर नबनाउलान् भनेर । घर बनाउन चाहिने खर्च निकाल्न मात्रै
मैले
चेकबुक दिन्थेँ ।
हाम्रो सबै जग्गा भाइ, म र आमाको नाममा छ । कित्ताकाट गरेका छौँ,
छुट्याएका छैनौं, अझै सगोलमै छ ।
पछि भाइ र आमाले ३६ प्रतिशत ऋण लिएछन्, केही कारोबार गर्न भनेर ।
तर, घरै
खाइदिने स्थिति आएछ । लालपुर्जा पनि ऋण दिनेले लगेछ । जग्गा हामी
तीनैजनाको नाममा भएकाले आमाले मलाई भन्नुभयो, ‘बाबु, मेराविरुद्ध
मुद्दा
हाल । आमा र भाइले मलाई नसोधी घर बेचे भनेर हकदाबी गर, घर त
जोगाउनुपर्यो ।’
आमाविरुद्ध के मुद्दा हाल्ने भनेर वास्तै नगरी फर्कें । अब ऋण लिएकै हो,
तिर्नैपर्छ । भाइ र आमालाई एउटा घर कतै खोजौँला, बनाउँला भन्ने
सोचेको
थिएँ । भोलिपल्ट त आमालाई हर्टअट्याक भयो । आमाको अप्रेसन भयो,
आइसियुमा राखिएको थियो । एक दिन हस्पिटलमा गएर भनेँ, ‘आमा, मैले
हजुरको विरुद्धमा मुद्दा हालेँ ।’ आमा पनि खुसी हुनुभयो ।
मुद्दा मैले जितेँ । घर त गइहाल्यो, तर मेरो भागको पैसा आयो । त्यसैले
आमा र
भाइका लागि एउटा राम्रै घर किन्यौँ । अझैसम्म हाम्रो सम्बन्ध यस्तै
सौहार्द
छ ।
सानोमा मलाई आमाको अभाव महसुस हुन्थ्यो । अरुका आमाले आफ्ना
छोराछोरीलाई माया गरेको देख्थें । साथीहरूले ‘आमा’ भनेको सुन्थें ।
मलाई
पनि आमा भनेर बोलाउने रहर हुन्थ्यो । मेरो हरि तन्डुकार भन्ने साथी
थियो ।
सानोमा मैले उसको आमालाई ‘हरिमा’ भनेर बोलाउँथेँ । ‘हरिमा’ भन्दा
अर्कै
रमाइलो लाग्थ्यो । हरिमाले पनि माया गर्नुहुन्थ्यो ।
सानोमा मैले एउटा गुलेली बनाएँ । म अलि टेक्निकल दिमागको थिएँ ।
अरुले
बाँसको फिरफिरे बनाएर उडाएको देख्थेँ । मैले मकैको डाँठ जोडेर
हेलिकोप्टरजस्तो बनाउँथे, त्यसमै फिरफिरे जडेर उठाउँथेँ । रबरको गुलेली
पनि
राम्रै बन्यो, ठ्याक्कै निसाना लाग्ने । गुलेली लिएर हिँडेको थिएँ, रुखमा
एउटा
भंगेराले छाती फर्काएर बसेको देखेँ । ताकेर हिर्काएको भंगेरा
खसिहाल्यो ।
भंगेरा लिएर दगुर्दै घरमा गएँ, के–के नै पौरख गरेको देखाउनु थियो । घरमा
गएर भनें,
‘हजुरबा, मैले भंगेरा मारें ।’
म त सिकारी, निसाना चुकाइन्, हजुरबाले स्यावासी दिनु होला
भन्ठानेको
थिएँ । हजुरबाले त गाली गर्नुभयो, ‘बदमास, किन मारेको भंगेरा ? यो
कात्तिक–मंसिरमा चराचुरुंगीको गुँड हुन्छ, बचेरा हुन्छन् । तैंले मारेको
भंगेराको
पनि बचेरा हुन सक्छ । बचेरालाई आहार खोज्न निस्केको हुन सक्छ । तैंले
मारिदिएपछि कसले हेर्छ ती बचेरालाई ? ती बचेरा भोकभोकै मर्नुपर्दैन ?’
हजुरबाको कुराले म खङ्ग्रङ्ग भएँ । म आफू बचेरा भएर गुँडमा बसिरहेको र
मलाई
आहार खोज्न गएकी मेरी आमालाई कसैले मारिदिएको सोच्न पुगेँ ।
हजुरबाको
कुरा केटाकेटी मनमा निकै गहिरोसँग गढ्यो । पछि ‘साझा पृथ्वी’ भन्ने
टेलिफिल्म बनाउँदा यही प्रसंग राखेका छौं ।
उमेर र अनुभवसँगै बुझ्दै जाँदा देश आमाजस्तै लाग्दो रैछ । कलाकार किरण
केसी
भाइले मलाई एउटा गीत लेख्न भने । एउटा लेख्छु भनेको लेख्दै जाँदा
आठवटा
पुग्यो । आठवटै गीतलाई आफैंले संगीत दिएँ । एउटा नेवारी गीत थियो ।
गैरनेवारले नेवारी गीत गाउँदा बेग्लै स्वादको बन्यो ।
त्यसमध्ये एउटा देशलाई आमा बनाएर लेखेको गीत छ–
हे मेरी आमा, नेपाल आमा प्यारी आमा तिमी ।
सारा नेपालीहरूका श्रद्धेयी छौ तिमी ।।
आमाको आमा बुवाको आमा पुर्खाकै आमा तिमी ।
यो धर्तीमा नेपालीलाई जन्म दिने तिमी ।।
मुठी दिँदा मुरी दिन्छौँ धन्य धर्ती माता ।
सन्ततिलाई दिई नथाक्ने हे अथक दाता ।।
लिनमात्रै कति लिनु तिमीसँग हे देश ।
दिनु नि सक्नुपर्यो तिमीलाई आफूसँग जे छ ।।
देशलाई त सपुतले लिन्छ होइन दिन्छ ।
बुद्धको घर घरको घर सगरमाथाको घर ।
हे नेपाल जय नेपाल नेपालीको घर ।।
यो गीत किरण केसीले गाइसकेका छन् । तर, सार्वजनिक भएको छैन ।
मेरो मामा केदार श्रेष्ठ, अहिले काठमाडौंमै हुनुहुन्छ । मलाई
बोलाइरहनुहुन्छ ।
भान्जाभान्जी आएर जति खायो, त्यति बढ्छ भन्नुहुन्छ । मामा अलि
भावुक
हुनुहुन्छ । उहाँकोमा जाँदा अखबारमा छापिएका मेरा तस्बिर देखाउँदै
भन्नुहुन्छ,
‘आज दिदी भएको भए कति खुसी हुँदी हुन् ।’
मेरी साधना बहिनी, अहिलेकी आमाकी कान्छी छोरी । उसैले हो मलाई
आमाको महत्त्व बुझाएकी । उसका तीन छोरा थिए । जेठा कलेज पढ्दै
थिए ।
कलेजबाटै गल्छीमा पिकनिक जाँदा उनलाई खोलाले बगायो, यो घटना
भएको १५ वर्ष भयो होला । बहिनीले अझै पनि छोरा बित्यो भन्दिनँ,
हराएको
भन्छे । छोरा बित्यो, खस्यो, मर्यो भन्ने शब्द उसले उच्चारण गरेको हामीले
सुनेका छैनौँ । एक वर्षसम्म त राति ढोकामा चुकुलै लगाउँदिनथी, राति
छोरा
आउँछ कि भनेर । एक वर्षभन्दा बढी छोरा सम्झेर एक्लै हिँड्ने, कसैसँग कुरा
नगर्ने
गरी । छोरा खसेदेखि अहिलेसम्म भात खाएकी छैन । रोटी, तरकारी,
चिउरा
अन्य कुरा खान्छे । छोराको नाममा भातै खान छाडी ।
उसको मुहारमा हाँसो फर्कनै थुप्रै वर्ष लाग्यो । पछि उसले चाइल्ड केयर
सेन्टर
खोली । नयाँ बजारमा अहिले पनि छ, साधना ममता ह्याप्पी चाइल्ड
केयर ।
चाइल्ड केयर खोलेर बच्चाहरूसँग रमाउन थालेपछि भने ऊ केही खुसी देखिन
थाली

वास्तवमा मैले आमाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइनँ । त्यसैले
आमाबारे बोल्नुपर्यो भने मलाई सकस हुन्छ । ।
अभिनय क्षेत्रमा भर्खर–भर्खर लागेका बेलाको कुरा हो । एउटा साथीले
मलाई
नाटकमा प्रमुख भूमिकामा खेल्न भन्यो । नाचघरमा देखाइने नेवारी नाटक
थियो । नाटकको सुरुमै आमाको फोटो हेरेर भावुक हुँदै ‘मा’ भन्नुपर्ने थियो

जन्म दिने आमालाई साँच्चिकै सम्झेको भाव आउनुपथ्र्यो । खै मनमा के
पर्यो ?
मैले यो भूमिका निभाउनै सकिनँ र त्यो नाटक खेलिनँ ।
जीवन भोग्दै–बुझ्दै जाँदा, बहिनीले आफ्ना छोराछोरीलाई गरेको माया
देख्दा, मेरी श्रीमतीले छोराछोरीलाई गरेको माया देख्दा, मैले आमाको
महत्त्व, महिमा अरु बढी बुझेको छु ।
कहिलेकाहीँ आमा र सन्तान छुटिनुपर्ने पनि होला, यसका थुप्रै कारण
होलान् ।
तर, संसारका सबै पोथी जातिले आफ्ना सन्तानलाई हुर्काउन माया गरेकै
देखिन्छ ।
संसार मायाले नै अडेको छ । त्यसमाथि आमाको माया त मायामा पनि
महामाया हो । सबैभन्दा ठूलो माया आमाकै माया हो– आमाले
सन्तानलाई
गर्ने माया र सन्तानले आमालाई गर्ने माया । मानवले आफ्ना
मातापितालाई
भुल्नु हुँदैन । उपेक्षा, हेला गर्नु हुँदैन । समाजमा कतिपय मानिसले आमालाई
हेला
गरेको देखिन्छ, सुनिन्छ । यस्तै सन्तानका लागि होला ‘कुलंगार’ भन्ने शब्द
प्रयोग हुने । यो अधर्म हो । छोराछोरीको पहिलो धर्म नै आमाबाबुलाई
हेर्नु
हो ।
मैले मेरी आमाको तस्बिर पूजाकोठामा राखेको छु ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects