Second Menu

मेरो विवाह भैसकेको छ

मेरो विवाह भैसकेको छ
केकी अधिकारी, नायिका

मंसिर त सकिसक्यो, अब के माघ र फागुन पनि सिध्याउन खोज्नुभएको हो ?
(हाँसो) तपाईंले मेरो विवाहको कुरा गर्नु भएको ? मेरो विवाह त भैसकेको छ ।

कहिले ? कोसँग ?
चलचित्रसँग, अभिनयसँग ।

त्यो त तपाईंको पेसा पो हो त ?
त्यही त, मैले पेसासँगै विवाह गरिसकें ।

अनि जीवनसाथीसँग कहिले ?
जीवनसाथी खोज्ने फुर्सद नै छैन ।

प्रेमी खोज्न फुर्सद त होला नि ?
कदाचित कोही मेरो प्रेमी भयो भने मेरो समय नपाएरै पिल्सन्छ र छिट्टै ब्रेकअपको पार्टी गर्छ होला ।

बेला भएकै होइन त ?
भएकै छैन, आउँदै छ होला ।

तपाईंका समकालीनहरूको त विवाह भैसक्यो नि ?
उनीहरूको बेला आयो र भयो, मेरो बेला आउँदै होला ।

केकीले आफ्नो प्रेमीलाई समाजसामु किन नल्याएकी ?
भए पो ल्याउनु ? तर छन् नि, हरेक चलचित्रमा निर्देशकले एउटा न एउटा जोडी भिडाइदिएकै हुन्छन् । तिनीहरू नै मेरा रिलका ब्वाइफ्रेण्ड हुन् ।

फन्कोमा सौगातसँग कस्तो केमेस्ट्री छ ?
सामान्य परिवारको श्रीमान्–श्रीमती भएका छौं । पर्दामा पनि सुहाएकै होला ।

अहिलेसम्म कोसँग तपाईंको केमेस्ट्री सुहाएको छ ?
मैले काम गरेका प्राय: सबैसँग, अब चाहिँ सौगात मल्लसँग फन्कोमा, सविन श्रेष्ठसँग भाग सानी भागमा अनि कर्मसँग अर्को एक चलचित्रमा सुहाउनेछ ।

यीमध्ये सबैभन्दा सेक्सी ?
ह्याण्डसम त छन्, सेक्सी चाहिँ भनिहाल्न मिल्दैन ।

अनि सेक्सी को–को छन् त ?
खै, त्यस्तो नजरले कसैलाई हेरेकी छैन ।

अब त हेर्नुपर्ने होइन र ?
फेरि अघिकै कुरा ? (हाँसो) उसो भए साप्ताहिकमा भ्याकेन्सी निकालिदिनोस् न त ।

No comments:

Post a Comment