सुर्के थैलीपछि ज्यानमाया

चलचित्र वडा नम्बर ६ को चर्चित गीत ‘सुर्के थैली’का गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीको संगीतमा गायिका अञ्जु पन्त र गायक उत्तम थापा युडीले गाएको गीत ‘ज्यानमाया तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीत गायक युडीको एल्बम ‘कखरा’मा समावेश छ । लोकपप जनराको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् । सम्पदा संरक्षणकर्मी रविन्द्र पुरीद्वारा सांगामा निर्माण भैरहेको नमूना गाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा गम्भिर विष्ट र बर्षा राउतले अभिनय गरेका छन् । विष्टकै नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्, जसलाई भरत रेग्मीले सम्पादन गरेका छन् ।

गायक उत्तम थापा युडीको एल्बम कखरामा कुल ६ वटा गीत रहेका छन् । ती मध्ये चारवटामा राजनराज शिवाकोटीको संगीत छ भने हरि लम्साल र गायक युडीको संगीतमा एक–एकवटा गीत रहेका छन् । गीतहरुमा भवानी पोखरेल, राजुबाबु श्रेष्ठ, राजनराज शिवाकोटी र उत्तम थापा युडीको शब्द रचना छन् । म्युजिक भिडियो सार्वजनिक समारोहमा एल्बम ‘कखरा’ पनि लोकार्पण गरिएको थियो । एल्बम ‘कखरा’लाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार अर्जुन पोखरेलसहित एल्बम तथा म्युजिक भिडियोमा आबद्ध सबैले एकैसाथ सार्वजनिक गरेका थिए

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects