पर्यटन प्रवद्र्धनमा प्रिस्टिन मस्क्वीराडी फेसन शो





नेपाललाई प्राकृतिक, साँस्कृतिक, जैविक, भौगोलिक विविधताका अनेकन् अद्धितिय पक्षहरुले विशिष्ट बनाएको छ। यी विविधतालाई फेसन डिजाइनरको कल्पनाले आकार लिन्छ अनि अझ अनुपम स्वरुपहरु सिर्जना हुन्छन् । शुक्रबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न फेसन शोमा यस्तै अद्धितिय पहिरनका नमूनाहरु र्‍याम्पमाथि अवलोकन गर्न पाइयो।

नेपालकै अग्रणी फेसन डिजाइनरका रुपमा चिनिएकी ज्ञानी शोभा तुलाधरद्वारा स्थापित एवं संचालित नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत दशौं ब्याचका विधार्थी फेसन डिजाइनरहरुले आफ्नो तीन वर्षे स्नातक तहको अध्ययनलाई सफलतापूर्वक विर्सजन गर्ने मुख्य पाटोका रुपमा लिइएको ग्राजुएसन फेसन शो अन्तर्गत क्रिएटिभ राउन्डमा नेपालको समृद्ध पर्यटकीय महत्वका विषय वस्तुलाई समेटेको देख्न पाइयो ।

यस अन्तर्गत थारुको संस्कृति, नेवार समुदायको म्ह पूजा, दशैं तिहारको महत्व, पोखराको मनोरम पाटो, ल्होछारको सांस्कृतिक विविधता, नेवार समुदायको काष्ठकला, नेपाली मौलिक बाजाहरुको आकर्षण, इन्द्रजात्रा, साँस्कृतिक प्रतिबिम्ब खोकना, पंचबुद्धको स्वरुप र महत्व, हाकुपटासी र गुणकेशरी फूलको समायोजन, मिथिला कला, लाङटाङ क्षेत्रको सुन्दरता, सगरमाथाको सुन्दरता, दरबार स्क्वायरको इतिहास, गोर्खालीको गाथा, लालीगुराँसको लाली, वन्यजन्तुको विविधता र महत्व लगायत नेपालको पर्यटनलाई उजागर गर्ने अनेकन् आयामहरुलाई २८ जना डिजाइनरहरुले आफ्नो परिकल्पनामा सुन्दर एवं आकर्षक ढंगले उतारेका थिए । यी सिर्जनाहरु मार्फत् नै विधार्थी डिजाइनहरुले आफ्नो प्रयोगात्मक परिक्षा दिएका थिए जसलाई फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र मुक्ता श्रेष्ठ, मिस नेपाल ईभाना मानन्धर, उद्यमी किरण प्रकाश साख:, डा. कुलबहादुर बस्नेत र फेसन उद्यमी हरिप्रसाद भट्टले मुल्यांकन गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफी अन्तर्गत प्रिस्टिन मस्क्वीराडी शीर्षकमा प्रस्तुत उक्त एकेडेमिक फेसन शोमा पश्मिना प्रयोग गरी ड्ेरप तयार पारिएका विभिन्न पहिरनका स्वरुपहरु पनि प्रदर्शन गरिएको थियो । पाँच पुरुष तथा तीस युवती मोडलहरुले र्‍याम्प सजाएको सो फेसन शोको अर्काे प्रस्तुतिमा सन् २०१६ को ट्रेन्ड्समा आधारित काल्फ लेन्थ पहिरन शैलीहरु पनि प्रस्तुत गरिएका थिए । जसमा मूलत: सन् २०१६ का रंग र प्रिन्टले प्रधानता प्राप्त गरेका थिए ।










0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects