Second Menu

फिट रहने तरिका

- धेरै दुब्लो–पातलो हुँदा आकर्षक देखिन सकिँदैन । यस्तो अवस्थामा खानपान र व्यायाममा सन्तुलन मिलाएर फिट रहन सकिन्छ ।

- दुब्लो शरीर भएकाले प्रोटिनयुक्त भोजन गर्नुपर्छ, जसले तौल बढ्नुका साथै मांसपेशीमा तागत पनि बढ्छ ।

- रातभर जौको दाना भिजाउने । बिहान त्यसको बोक्रा निकालेर दूधमा उमाली मह मिसाएर खाँदा पनि तौल बढ्छ ।

- शरीरलाई स्वस्थ र आकर्षक देखाउन बदामको सेवन उपयोगी हुन सक्छ । यसबाट भिटामिन, आइरन, फस्फोरस तथा क्याल्सियम प्राप्त हुन्छ ।

- पाचन क्रिया दुरुस्त राख्न र वजन बढाउन नियमित एक चम्चा मह दुधमा मिसाएर खानुपर्छ ।

-  नियमित व्यायामले मांशपेशी बलियो हुन्छ । केही योगआसन तथा श्वास लिने कसरतले शरीरको स्टामिना बढ्छ ।

No comments:

Post a Comment