Second Menu

हुवावे र सामसुङ मोबाइलको मूल्य घट्यो

हुवावे र सामसुङबीचको प्रतिस्पर्धाका कारण ललितपुर मोबाइल कम्प्लेक्समा अब ग्राहकहरूले सस्तो मूल्यमा उच्चस्तरका फोन खरिद गर्न पाउने छन् ।

नेपाली बजारमा विभिन्न ब्रान्डका स्मार्टफोनहरू उपलब्ध भए पनि त्यसमध्ये पनि बढी लोकप्रिय ब्रान्ड हुवावे मोबाइल र सामसुङ मोबाइलको मूल्य घटेको हो । ललितपुर लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा अब १ वर्ष वारेन्टीका साथ हुवावेको सबैभन्दा बढी बिक्री भएको र सामसुङका हट मोडलहरूमा मूल्य घटाइएको छ ।

कम्प्लेक्समा हुवावे जिप्ले मिनी १७ हजार ४ सय रुपैयाँ, हुवावे वाई सिक्स १४ हजार ७ सय रुपैयाँ तथा वाई–५४१ ८ हजार ७० रुपैयाँमा उपलब्ध हुनेछ भने हुवावेको विश्वभर रुचाइएको पी–८ लाइटको २४ हजार ५ सय रुपैयाँ तथा हुवावे अनर फोर एक्स २१ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी सामसुङ जेडवानको ६ हजार रुपैयाँ, जे–२ को १२ हजार २ सय रुपैयाँ, सामसुङ–५३१ को १३ हजार ९ सय रुपैयाँ, जे फाइभको १७ हजार ९ सय रुपैयाँ, टी–२३१ को १९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने जे सिरिजको स्मार्टफोन जे सेभेन २२ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।
कम्पलेक्सले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर कुनै पनि एसेसरिजको खरिदमा ३५ प्रतिशतसम्म छुट दिएको छ भने पुरानो फोन साटेर नयाँ फोन लिने एक्सचेन्जको व्यवस्थासमेत मिलाएको छ ।

No comments:

Post a Comment