बलिउड अभिनेत्री सन्नी लियोनीले आफ्ना बारेमा अरूले गर्ने नकारात्मक टिप्पणीप्रति खासै वास्ता नगर्ने कुरा बताएकी छिन् ।
हरेक दिन आफूलाई ‘टार्गेट’ गरिने बताउँदै सन्नीले राजनैतिक नेताहरूले उनीहरूको समेत भाषणमा आफूलाई नछोडेको बताइन् । ‘लगातार नकारात्मक टिप्पणी आउँदा हैरान हुनु स्वभाविक हो, किनभने म पनि आममानिसजस्तै एउटी महिला हुँ,’ सन्नीले भनिन्– ‘तर सबैको ध्यान आकृष्ट गर्न सफल भएकीले खुसी नै लाग्छ, यद्यपि एउटा जमात छ जो मेरो कुरा काटेर अघाइरहेको छैन ।’
सन्नीका अनुसार आफ्नै बलियो परिचय बनाएका व्यक्तित्वहरू पनि उनका पछाडि किन हात धोएर लागेका छन् भन्ने कुरा उनले बुझ्न सकेकी छैनन् । जसलाई जे बोल्न मन लाग्छ बोले हुन्छ, त्यसले आफूलाई केही फरक नपर्ने बताउँदै सन्नीले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्नेहरूलाई धन्यवाद मात्र भन्न सक्ने एक अन्तर्वार्ताका क्रममा बताइन् । सन्नीले भनेकी छिन्– ‘मैले पछिल्लो समयमा आफ्नो फरक पहिचान बनाउन सकेकी छु, त्यसमै खुसी छु ।’
No comments:
Post a Comment