राहतमा अनियमितता हुन थाल्यो

चीनले अनुदानस्वरूप दिएको पेट्रोल उचित मूल्यमा जनतालाई दिए हुन्थ्यो । लागत मूल्यभन्दा बढी मूल्यमा बेचेर उपभोक्तालाई मारमा पार्नु भएन ।
पेम्बा लामा

इन्धन अभाव भनिँदैछ । सडकभरि जाम छ । यो कसरी सम्भव छ ?
लोकराज भट्ट

खाना बनाउने समयमा बत्ती आउन छाड्यो । एकातिर खाना पकाउने ग्याँसको अभाव छ, अर्कातिर बिजुली नै आउन छाडेपछि कसरी खाना पकाउने ? कोठा भाडा लिएर बस्नेहरूले दाउरा पनि बाल्न पाउँदैनन् । सरकारलाई आफ्ना जनताको मतलब छैन ।
यज्ञ चुँडाल

भूकम्पपीडितहरूलाई बाँडिने राहतमा अनियमितता हुन थाल्यो । पाउनैपर्नेहरूले पनि राहत पाएनन् । कतिले दोहोर्‍याएर पाए । सरकारले यसको छानबिन गर्नुपर्‍यो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects