कोमल वली, दीपाश्री निरौला, नम्रता श्रेष्ठ, पूजना प्रधान, ऋचा शर्मा तथा नन्दिता केसीबीच कुन कुरामा समानता होला ? सहजै अनुमान लगाउन सकिन्छ । यी सबै कलाकार आफ्नो क्षेत्रमा सफल भएर पनि ३० वर्ष पूरा भैसक्दा पनि अविवाहित छन् । पछिल्ला केही वर्षयता करियर बनाउने चाहनामा महिलाहरूको विवाह गर्ने उमेर बढिरहेको छ । विवाहका लागि योग्य थुप्रै महिला सेलिब्रेटीहरू छन् । केही चर्चित अविवाहित महिलाहरू :
सुप्रिया कटवाल, मोडल
म्युजिक भिडियोकी लोकप्रिय अनुहार हुन् सुप्रिया कटवाल । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिया चाँडै नै नेपाली चलचित्रमा समेत पदार्पण गर्दैछिन् । सुप्रिया निर्देशक समन अधिकारीले निर्देशन गर्ने म्युजिक भिडियोमा प्राय: छुट्दिनन् । अविवाहित सुप्रियालाई सामाजिक सञ्चालमा प्रेम तथा विवाहको प्रस्ताव राख्नेहरू प्रशस्त छन् तर सुप्रिया त्यस्ता प्रस्तावप्रति खासै गम्भीर हुन्नन् । सुप्रियाका दुई जना दिदीको विवाह भैसकेको छ । परिवारमा अब विवाह गर्ने पालो सुप्रियाकै हो । घरमा पनि उनलाई अब विवाह गर्नुपर्छ भन्ने प्रस्ताव राख्न थालिएको छ तर उनी भने करियरमै केन्द्रित छिन् । १९ वर्षीया सुप्रिया भन्छिन्— ‘भनेजस्तो तथा मनले चाहेको मान्छे पाएँ भने विवाहका लागि तयार छु ।’
आँचल शर्मा, नायिका
यसै वर्षदेखि ग्ल्यामर क्षेत्रमा प्रवेश गर्ने सुन्दरी हुन्— आँचल शर्मा । मिस प्लस टुमा विजयी भएपछि यही वर्ष चलचित्रमा पदार्पण गरेकी आँचल चलचित्र क्षेत्रमा समेत सम्भावना बोकेकी अनुहार हुन् । निर्देशक विकास आचार्यको ‘नाइँ नभन्नु ल–४’ मार्फत चलचित्रमा पदार्पण गरेकी आँचललाई हालै सार्वजनिक भएको चलचित्रको ‘चिया कफी’ गीतमा मन पराइएको छ । टिनएजर आँचलले विवाहका बारेमा मात्र होइन, प्रेमका बारेमा समेत सोच्न नभ्याएको बताएकी छिन् ।
मञ्जिता केसी, नायिका
यही वर्षदेखि नेपाली चलचित्रमा पदार्पण गर्ने नयाँ अनुहार हुन् मञ्जिता केसी । नेपाली क्रिकेटको विषयमा तयार पारिएको पहिलो नेपाली चलचित्र ‘च्याम्पियन’ मार्फत पदार्पण गर्ने मञ्जिताले उक्त चलचित्रमा क्रिकेटर बनेका अभिनेता दिक्पाल कार्कीको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी मञ्जिताले प्रेम तथा विवाहका बारेमा अहिले नै केही पनि नसोचेको धारणा व्यक्त गरेकी छिन् । अविवाहित मञ्जिताले स्थापित नायिका बन्न लक्ष्य लिएकी छिन् ।
जान्वी बोहोरा, नायिका
दर्जनौं टेलिश्रृंखला तथा नाटकमा अभिनय गरेर स्थापित भएकी जान्बी बोहोराले यसै वर्ष प्रदर्शन भएको चलचित्र ‘सपना तिम्रो मेरो’ बाट दर्शकको माया पाइन् । सुन्दर मुहारकी धनी २२ वर्षीया जान्बीले विज्ञापन तथा म्युजिक भिडियोबाट पनि आफूलाई प्रमाणित गरेकी छिन् । सामाजिक सञ्चालमार्फत प्रेम तथा विवाहका थुप्रै प्रस्ताव पाइरहेकी जान्वीले विवाहका बारेमा अहिले नै कुनै योजना नबनाएको स्पष्ट पारेकी छिन् ।
नानी थापा, मोडल/अभिनेत्री
मोडलिङबाट ग्ल्यामर क्षेत्रमा आएकी नानी थापा यतिबेला अभिनयमा पनि सक्रिय छिन् । थुप्रै म्युजिक भिडियो तथा नाटकमा अभिनय गरिसकेकी नानीले केही टेलिश्रृंखलामा समेत अभिनय गरेकी छिन् । अग्लो कदकी यी सुन्दरी यतिबेला चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् । अविवाहित नानी करियरले गति लिइरहेको बेलामा विवाहका बारेमा सोच्न नपाएको तर्क गर्छिन् ।
इभाना मानन्धर, मिस नेपाल
वर्ष २०१५ की मिस नेपाल इभाना मानन्धर ग्ल्यामर क्षेत्रको स्थापित नाम हो । मिस नेपालअघि मोडलिङ क्षेत्रभन्दा टाढा रहेकी इभाना मिस नेपालको उपाधिसँगै चर्चामा छिन् । सुन्दर मुहारकी धनी इभानाले वर्ष २०१६ को मिस नेपाल घोषित भएलगत्तै अभिनयमा आउने सम्भावना व्यक्त गरेकी छिन् । २३ वर्षीया इभाना नृत्य, संगीत तथा भ्रमणमा रुचि राख्छिन् । आफ्नो प्रेमसम्बन्धका बारेमा कुनै पनि टिप्पणी गर्न नरुचाउने इभाना विवाहका बारेमा अहिलेसम्म केही पनि नसोचेको बताउँछिन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, नायिका
भुवन केसीको चलचित्र ‘ड्रिम्स’ मार्फत नेपाली चलचित्रमा नायिकाको भूमिकामा पदार्पण गर्ने तयारी गरिरहेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो चलचित्रको अभिनयबाटै राम्रो सम्भावना देखाएकी छिन् । हालसम्म सार्वजनिक चलचित्रको प्रोमा तथा एउटा गीतबाटै दर्शकको मन जित्न सफल साम्राज्ञीको अभिनय कौशल चलचित्र प्रदर्शन भएपछि मात्र निश्चित हुनेछ । चलचित्रमा आउनुअघि केही समय मोडलिङसमेत गरेकी साम्राज्ञीलाई मन पराउने युवाहरूको संख्या ठूलो छ तर साम्राज्ञीले भने हालसम्म कसैलाई आफ्नो मन सुम्पिएकी छैनन् ।
सम्पदा बानियाँ, नायिका
भिडियो जक्कीका रूपमा आफ्नो करियर प्रारम्भ गर्ने सम्पदा बानियाँ यतिबेला अभिनय क्षेत्रमा सक्रिय छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी सम्पदा यतिबेला चलचित्रमा पदार्पण गर्ने तयारी गरिरहेकी छिन् । सम्पदाको सौन्दर्यको प्रशंसा गर्नेहरू प्रशस्तै छन् । उनलाई प्रेम प्रस्ताव राख्नेहरूको पनि कमि छैन । सामाजिक सञ्जालमार्फत दिनमै सय जनाभन्दा बढीको प्रेम प्रस्ताव पाइरहेकी सम्पदाले कुनै प्रस्ताव स्वीकार गरेकी छैनन् । करियरमा स्थापित भएपछि मात्र प्रेम तथा विवाहका बारेमा सोच्ने सम्पदा बताउँछिन् ।
सन्ध्या केसी, नायिका
भिडियो जक्कीका रूपमा स्थापित सन्ध्या केसीलाई दर्शकहरूले अब चलचित्रकी नायिकाका रूपमा चिन्ने छन् । मोडलका रूपमा समेत सक्रिय सन्ध्यालाई भुवन केसीले चलचित्र ‘ड्रिम्स’ मार्फत अभिनय क्षेत्रमा भित्र्याएका हुन् । निर्माता सुनिल रावलले चलचित्र ‘सायद–२’ का लागि अनुबन्ध गरेपछि सन्ध्याको चर्चा चुलिएको छ । म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ परिचित भैसकेकी सन्ध्याले आफ्नो प्रेम तथा विवाहका बारेमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।
आना शर्मा, नायिका
एउटा मात्र चलचित्रमा अभिनय गरेर चर्चामा आउने नायिका हुन्— आना शर्मा । अनमोल केसीसंग अनस्क्रिन रोमान्स गर्दै चलचित्र ‘जेरी’ मार्फत रजतपटमा पदार्पण गर्ने आनाको सुन्दरताको प्रशंसा गर्नेहरू थुप्रै छन् । जेरीमा अनमोल केसीसँग आनाको जोडीलाई धेरैले सुहाएको प्रतिक्रिया दिएपछि यो जोडीले भविष्यमा थप चलचित्रमा अभिनय गर्ने अपेक्षा थियो, तर उनीहरू अहिलेसम्म दोहोरिएका छैनन् । मिस नेपालकी कोरियोग्राफर रचना शर्मा गुरुङकी छोरी आनाले आफूलाई प्रेम सम्बन्धबाट टाढै राख्ने बताएकी छिन् । विवाहका बारेमा कुराकानी गर्न आफू सानै भएको आनाको प्रतिक्रिया छ ।
No comments:
Post a Comment