Second Menu

आइटममा मख्ख

नायिका नम्रता सापकोटा कुशल नृत्याङ्गना हुन् । सापकोटा हरेक किसिमका नृत्यमा दक्ष छिन् । चलचित्र क्षेत्रमा आएको लामो समय भैसक्दा पनि अहिलेसम्म उनले कहीं पनि आइटम डान्स गरेकी थिइनन् । हालै चलचित्र ‘शकुन्तला’मा नम्रताले एउटा गजबको आइटम डान्स गर्ने अवसर पाएकी छिन् ।

अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वरको उक्त गीतमा नम्रतालाई बलिउड पारामा नाचेको हेर्न पाइनेछ । त्यसरी आइटम गर्न पाएकोमा मख्ख नम्रताले भनिन्– ‘धेरै अघिदेखि आइटम गीतमा कम्मर मर्काउने रहर थियो । राम्रो गीत र ब्यानरको प्रस्ताव कुरिरहेकी थिएँ । यस पटक भने मेरो त्यो रहर पूरा भएको छ ।’
हो नम्रता, रहर उमेर छँदै पूरा गर्नुपर्छ ।

No comments:

Post a Comment