Second Menu

न्युयोर्क फेसन विकमा नेपाल शैली

विश्व फेसन जगत्मा नाम कमाएका फेसन डिजाइनरहरूले आफ्ना पछिल्ला फेसन सिर्जनालाई प्रदर्शन गरेको र्‍याम्पमा नेपाल तथा नेपालीपन झल्कने पहिरनले पनि आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गरेको छ ।

फेब्रुअरी महिनाको मध्यतिर न्युयोर्क सहरको टाइम्स स्क्वाएर म्यानहाटनस्थित क्राउन प्लाजामा सम्पन्न २३ औं संस्करणको कुचर फेसन विकअन्तर्गत नेपालीपन झल्कने पहिरनले रनवेमा आफ्नो उपस्थिति जनाएको हो । उक्त अवसरमा नेपाली दौरा–सुरुवाल र नेपाली ढाका टोपीमा सजिएका नेपाली मोडल दीपक घिमिरेसँगै करिब एक दर्जन विदेशी मोडलले नेपालको कला, संस्कृति एवं नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग हुने खालका नेपाली कपडाबाट तयार पारिएका पहिरनहरू प्रदर्शन गरे ।

रंगी–विरंगी कपडा प्रयोग गरी तयार गरिएका ती पहिरन प्राय: स्लिभलेस स्वरूपमा वन् पिस शैलीका थिए, जसमा क्याजुयल पहिरनको बाहुल्यता देखियो । उक्त पहिरनहरू राइजिङ इन्टरनेसनल कम्पनीले तयार पारेको थियो ।

No comments:

Post a Comment