Second Menu

नेपालमा र्‍याडिकल राजनीतिको भविष्य

डा. उत्तमबाबु श्रेष्ठ

तत्कालीन नेकपा माओवादीले गोरखा, काभ्रे, रोल्पा, रुकुम र सिन्धुलीमा एकैपटक फौजी कारबाही गरेर ‘जनयुद्ध’सुरु गर्‍यो, १ फाल्गुन ०५२ देखि । यो समाचार देशभरमा भएको एउटा मात्रै सरकार नियन्त्रित टेलिभिजन र रेडियोले फुकेका थिए । नेपालभरमा करिब १.६ प्रतिशत घरसँग मात्र टेलिभिजन सेट थिए । सिंगो देशभर मोटामोटी ८५ हजार टेलिफोन लाइन थिए, टेलिकमले मोबाइल सेवा सुरु गर्नु त परको कुरा । मर्कन्टाइलले भर्खर इन्टरनेट भित्र्याएको थियो, इन्टरनेटको प्रयोगकर्ता मुस्किलले हजारजति थिए ।

अहिलेको इन्टरनेट दुनियाँको भगवान पनि भनिने गुगलको न्वारन भइसकेको थिएन । यसका संस्थापक जोडी ल्यारी पेज र सर्गे ब्राइन स्टयाडफोर्ट युर्निभर्सिटीको हाताभित्रै ग्राजुयट विद्यार्थीको रूपमा सायद फ्री पिज्जाका लागि दौड्दै थिए होला । फेसबुक जन्माउने मार्क जुकरबर्ग पाँच कक्षामा पढ्दै थिए भने टि्वटर सुरु गर्ने सिलिकन भ्यालीको मोटर ग्यारेजतिर कतै कम्प्युटर कोड सिक्दै थिए होला ।

सन् २०१५ को जुलाईसम्म आइपुग्दा २० वर्षमा मोबाइल र ल्यान्डलाइन टेलिफोनको संख्याले सिंगो नेपालको जनसंख्यालाई उछिनेको छ ।

नेपालभरि इजाजत पाउने एफएमको संख्या ६५२ पुगिसकेको छ । देशभर ८५ टेलिभिजनले प्रसारण अनुमति लिएका छन्, जसमध्ये २८ वटा टेलिभिजन त सञ्चालनमा नै छ । नेपालभरमा ५७ लाख फेसबुक प्रयोगकर्ता छन् र अधिकांशले मोबाइल फोनबाट फेसबुक हेर्छन् । जनयुद्घका प्रमुख रचनाकार माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल यतिखेर दैनिक १०औं फोटो फेसबुकमा अपलोड गरिरहेका हुन्छन् । जब कि उनको बुबा प्रचण्डको अनुहारको फोटो जनयुद्घ सुरु भएको धेरैपछिसम्म पनि फेला परेको थिएन । दाहाल जुनियरको फेसबुक पोस्टमा एकैछिनमा सयौंले कमेन्ट गर्छन् । तीमध्ये कतिपय तल्लो स्तरका गाली समेत हुने गर्छ । कल्पना गरौं, यदि माओवादी जनयुद्घको समय हुन्थ्यो र प्राधिकार प्राप्त अध्यक्षको छोरालाई सीधै कसैले त्यसरी गाली गरेको हुन्थ्यो भने उसको हबिगत के हुन्थ्यो ?

No comments:

Post a Comment