दक्षिण एसियाली खेलकुद अन्र्तगत फुटबलमा उपाधी जितेर स्वदेश फर्किएका खेलाडीलाई हाँस्य कलाकार कुञ्जना घिमीरे (फतौरी बुढी)ले आर्शिवाद दिएकी छिन् । गोलकिपर विकेश कुथु र नवयुग श्रेष्ठसँग भेट गरेर उनले देशलाई कहिल्यै घात नगर्नु भन्दै आर्शिवाद दिएकी हुन् ।
खेलमा जित हाँसिल गर्दा ३ करोड नेपालीको मन खुशीले गद्गद् भएको प्रतिक्रिया समेत फतौरी बुढीको छ । एकैसाथ देश हसाँउने सार्मथ्य बोकेका खेलाडीलाई देशले पनि उच्च सम्मान गर्नु पर्नेमा उनको जोड छ ।
रमाइलो भलाकुसारीका क्रममा विकेश र नवयुगले साग प्रतियोगिता नाकाबन्दीको रिस फेर्ने गतिलो अवसर सावित भएको बताएका छन् । खेल जितेर स्वदेश फर्किदा पाएको स्वागत र खुशीले मेडल सिरानी हालेर नै निदाएको विकेशले बताएका छन् । यसको साथमा उनीहरुले आफ्नो व्यक्तिगत कुराहरु पनि फतौरी बुढीसँग साटासाट गरेका छन् ।
No comments:
Post a Comment