Second Menu

बेलायतमा तीन नेपाली गायक

सुगम संगीतका तीन लोकप्रिय गायक यतिबेला बेलायतमा छन् । बेलायतका विभिन्न सहरमा उनीहरू सांगीतिक प्रस्तुति दिएर नेपाली दर्शक तथा श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

त्यस क्रममा गायक आनन्द कार्कीले बेलायतका गजलका पारखीहरूलाई प्रत्यक्ष गजल सुनाएर मनोरञ्जन दिएका छन् । बेलायतको डार्टफोर्ड केन्टमा आयोजित सांगीतिक कार्यक्रममा गायक कार्कीले करिब तीन घण्टा आफ्ना गीत प्रस्तुत गरेका थिए । कार्कीको प्रस्तुति करिब दुई दर्जन गजल गायनसँगै टुंगिएको थियो । बेलायतमै बसोबास गरिरहेका गायक दीपक थापाले समेत प्रस्तुति दिएको उक्त कार्यक्रममा उनीहरूलाई सुनिल न्यौपाने, मुकेश गजमेर, दिनेश थापा तथा हितेश अनुजले वाद्यवादनमा साथ दिएका थिए ।

गायक राजेशपायल राईले लन्डनको रिडिङमा आयोजित सांगीतिक कार्यक्रममा आफ्ना लोकप्रिय गीत सुनाएर प्रशंसकहरूको मन जिते । राई आफ्नो युके टुरको अन्तिम कार्यक्रमस्वरूप रिडिङको कन्सर्टमा प्रस्तुत भएका हुन् । आयोजकद्वय बिसी राई तथा गंगाराज राईले उक्त कार्यक्रम रिडिङको इतिहासकै भव्य नेपाली कार्यक्रम भएको दाबी गरेका छन् । कार्यक्रममा गायक राईले दुई दर्जनभन्दा बढी नयाँ तथा पुराना गीत गाएका थिए । यसपटकको बेलायत भ्रमणमा राजेशपायल तीनवटा कार्यक्रममा प्रस्तुत भए ।

गायक दिपक लिम्बू पनि यतिबेला बेलायतका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिइरहेका छन् । गत शनिबार लिम्बूले एनएसीसीको आयोजनामा सम्पन्न ‘छैटौं नेपाली तारा साँझ’ मा आफ्ना लोकप्रिय गीतहरू सुनाएर बेलायतवासी नेपालीहरूको मन जिते ।

No comments:

Post a Comment