सुरशाला म्युजिक एकेडेमी तथा सुरशाला फाउन्डेसनले संयुक्त रूपमा राष्ट्रयापी बाल गायन प्रतियोगिता सुरशाला आइडल जुनियरको आयोजना गर्दैछ । ७ देखि १६ वर्षसम्मका बालबालिकाबीच सञ्चालन हुने यो प्रतियोगितामा नेपालभरिबाट ३ सय ५० जना प्रतियोगि पहिलो चरणको अडिसनबाट छनौट गरिने सुरशालाका प्रबन्ध निर्देशक युवागायक अमृत क्षेत्रीले बताए ।
हालसम्म काठमाडौं, भक्तपुर, इटहरी, ललितपुर तथा चितवनको अडिसनबाट १ सय २० जना प्रतियोगी छनौट गरिसकिएको छ । पोखरामा २२ गते अडिसन हुनेछ । पहिलो चरणको अडिसनबाट छनौट भएका ३ सय ५० जना प्रतियोगीहरूबाट क्रमश: दोस्रो चरणका लागि १ सय ५० जना, तेस्रो चरणका लागि ६०, चौथो चरणका लागि २० हुँदै फाइनलका लागि उत्कृष्ट १० छानिनेछन् ।
प्रतियोगिताका विजेताले सुरशाला आइडल जुनियरको उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँ दोस्रोले २ लाख २५ हजार रुपैयाँ तथा तेस्रो हुनेले १ लाख ६० हजार रुपैयाँबराबरको पुरस्कार प्राप्त गर्ने बताइएको छ ।
No comments:
Post a Comment