Second Menu

चलचित्र ‘वीर विक्रम’ मा दयाहाङ र दियाको रोमान्स

काठमाडौं– अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘वीर विक्रम’ को पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको उक्त चलचित्रमा ताराप्रकाश लिम्बूको संगीत र दिनेश राउतको शब्द रहेको छ ।

चलचित्र वीर विक्रमको गीतमा दीपा लामा र संगीतकार लिम्बूको समेत स्वर रहेको छ । सुन्दर भिडियोको कोरियोग्राफी रेनशा राई बान्तवाले गरेकी हुन् ।

‘सारे सारे..’ बोलको गीतमा दयाहाङ राई र दिया पुनले अभिनय गरेका छन् । चलचित्र ‘वीर वीक्रम’ मा दया र दियासँगै अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेनलगायत कलाकारको अभिनय रहेको छ ।
म्युजिक भिडियो बेलायतमा सार्वजनिक भए पनि ‘वीर विक्रम’ को नेपालमा सार्वजनिक हुने मिति तोकिएको छैन ।

No comments:

Post a Comment