Second Menu

राम्रो ब्यानर स्थापित गर्न चाहन्छु

दिनेश डिसी, निर्देशक/सञ्चारकर्मी

आवाजको दुनियाँको साथी १० वर्षपछि फेरि रेडियो कान्तिपुर प्रवेश गर्नुको विशेष कारण ?
मलाई नयाँ पुस्ताले नचिन्लान् भनेर आफ्नो परिचयात्मक छाप छोड्न अनि आममानिसमा मेरो चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’को रिमान्डर नोट दिन ।

फर्किनै थियो त उति बेला रेडियोकर्मलाई किन तिलाञ्जली दिनुभयो ?
यो जीवन यात्रा हो । त्यति बेला त्यही ठीक लाग्यो, अहिले यही ।

चलचित्र निर्देशन र कार्यक्रम उद्घोषणमै व्यस्त तपाईंले रेडियोकर्मलाई अब फेरि निरन्तरता दिनुहुन्छ ?
साताको एक पटक मात्र हो । म रेडियो कान्तिपुरको पुरानो चर्चित कार्यक्रम ‘घुम्ने मेच’ मात्र सञ्चालन गर्छु । समय मिलाउन सकिन्छ ।

तपाईंले निर्देशन गरेका चलचित्र सावधान, दाइको ससुराली, मायाजबार, छ एकान छ मध्ये सबैभन्दा मन परेको चलचित्र ?
मैले ती सबै चलचित्रबाट केही न केही सिकें, ती सिकेका कुरा ‘फूलैफूलको मौसम तिमीलाई’ मा लागू गर्न सकें । त्यसैले म ती सबैलाई मेरा मन परेका र मनैदेखि बनाएको चलचित्र मान्छु ।

अरू निर्माताले पत्याइरहेकै थिए, आफैंले लगानी गरेर फूलैफूलको मौसम तिमीलाई निर्माण गर्नु आवश्यक थियो ?
म आफ्नै ब्यानर दिनेश डिसी प्रोडक्सनलाई राम्रा चलचित्र निर्माण गर्ने ब्यानरका रूपमा स्थापित गर्न चाहन्छु, त्यसैले ।

नीता ढुंगानालाई छ एकान छ पछि फूलैफूलको मौसम तिमीलाइमा दोहोर्‍याउनुको कारण ?
उनको अभिनय क्षमता, प्रतिभा एवं कामप्रतिको इमान्दारिता ।

त्यसो भए नीतासँगै उनको प्रेमी (आमेश भण्डारी) नै नायक किन ?
मलाई एक जना नयाँ अनुहार चाहिएको थियो । आमेश मेरो पात्रमा फिट लाग्यो ।

फूलैफूलको मौसम तिमीलाई हेर्नैपर्ने तीन कारण ?
पहिलो, यो मायाजबार र छ एकान छ पछि दिनेश डिसी निर्देशित चलचित्र हो । दोस्रो, सुपर नेचुरल पावरमा आधारित पूर्ण मनोरञ्जक चलचित्र भएकाले अनि तेस्रो, यो चलचित्रको मुनाफा समाज सेवामा समर्पित छ ।

तपाईं आफु जानाजान कन्ट्रोभर्सीमा पर्नुहुन्छ कि तपाईंलाई कन्ट्रोभर्सीले आफ्नो दूत बनाएको हो ?
नाम होस् वा बदनाम, गुमनाम चाहिँ नभइयोस् ।

आफ्नो निर्देशनमा काम गराउन मनलागेका पाँच कलाकार ?
संगम विष्ट, दयाहाङ राई, सलमान खान, अमिताभ बच्चन र डस्टिन हफम्यान ।

सेक्सी लाग्ने तीन नायिका ?
जेनिफर लोपेज, किम कार्दशियन र करिश्मा मानन्धर ।

गर्न मन लागेको तर अहिलेसम्म गर्न नसकेको काम ?
नृत्य ।

यो क्षेत्रमा जान्नै पर्ने, तर नजानेको कुनै कला ?
पाखण्डपन र चाकडी ।

No comments:

Post a Comment