Second Menu

नेपालको कानुन दैवले जानून् किन भनिएको होला ?

गल्ती गर्नेले सजाय पाउँदैन, जबरजस्ती बनावटी प्रमाणले जित्छ, पीडित त उसै ट्वाँ पर्छ । कोही कसैले नबुझ्ने भएकाले दैवले नै जानून् भनिएको होला ।
फिरफिरे दिदी

त्यै त किन चल्या होला ? मलाई पनि यही प्रश्न सोध्न मन लागेको थियो ।
अभागी म

नेपालको कानुन गरिब जनतालाई मात्र लाग्छ । नेतालाई लाग्दैन, किनभने नेतासँग शक्ति छ, संगठन छ ।
विदुर नेपाल

कुरा ठीक हो । नेपालको कानुन गरिब जनतालाई मात्र लाग्छ ।
नवीन डाँगी

नेताहरू कानुन बनाउँछन् तर दुई दिनमै भुल्छन् । अब नेता तथा न्यायाधीशहरूले कानुन बिर्सिएपछि बाँकी को रह्यो ? दैव । त्यसैले दैवले जानून् भन्या हुनुपर्छ ।
विश्वराज

कसले भन्यो नेपालको कानुन दैवले जानून् ? झूट सुनेछ । नेपालको कानुन दैवले नि जान्न सक्दैनन् । नेताहरूले मात्र जानेका छन् त्यो कुरा ।
प्रशान्त राई

अर्काको नाममा कम्पनी खोलेर डलर अपचलन गर्ने धरौटीमा रिहा हुने अनि निर्दोष धरौटी बुझाउन नसकेर जेलमा पर्ने भएर होला नि ?
प्रबिन ढुंगाना

नेपालको कानुन बनाउने तथा पहुँचवालाहरूले नमान्ने र मान्न नपर्ने भएकाले त्यसो भनिएको हो ।
फिलुङ्गो

नजानेर वा थाहा नपाएर होला नि ।
प्रबिन (कैदी)

नेपालको कानुनमा साधारण मानिसको पहुँच छैन । कानुनका सम्बन्धमा सर्वसाधारण बेखबर छन् । त्यही भएर होला ।
धु्रवप्रसाद सापकोटा

कानुन नै राम्रोसँग लागू भएको छैन । त्यही भएर हो कि ?
खड्ग रानामगर

नेपालको कानुन पक्षपाती भएर होला । ठूलालाई चैन सानालाई ऐन भनेजस्तो गरिब र निमुखाहरूको घाँटी थिच्ने यही कानुन त हो नि ।
पंकज काफ्ले

कानुन सबैलाई समान रूपमा नलागेर होला ।
सन्देश प्रधान
राज भाइ

सर्वसाधारणले न्याय नपाएर त्यसो भनिएको होला ।
जगत बुल्बुल

नेपालको कानुन सबैलाई समान रूपमा लागू हुँदैन । मानिस हेरेर लाग्छ । त्यसैले यसो भनिएको होला ।
मेलोडी ब्वाय विकास

नेपाली कानुनमा कसैलाई विश्वास छैन । त्यही भएर पो हो कि ?

No comments:

Post a Comment