Second Menu

होली विशेषांक पढेर रमाइलो लाग्यो

साप्ताहिकको होली विशेषांक पढेर रमाइलो लाग्यो । होली पर्वदेखि शिशिर ऋतुको समाप्ति तथा वसन्त ऋतुको आगमन हुन्छ । प्राकृतिक दृष्टिले शिशिर ऋतुको चिसोपनको अन्त्य हुन्छ र, वसन्त ऋतुको मधुर घाम पूरै जगत्लाई सुखद अनुभव गराउँछ ।
राजन लोहनी

मसाजका धेरै फाइदा रहेछन् (टिप्स : मसाजका फाइदा) । आम मानिसको स्वास्थ्यका लागि यो उपयोगी रहेछ ।
अनमोल शिवाकोटी

इन्दिराजी, सबैसँग स्कुले जीवन र होलीका यस्तै सम्झना हुन्छन् (अनुभव : स्कुले जीवनको अन्तिम होली : इन्दिरा जोशी) । स्कुले जीवनमा तपाईंले मनाएको होली पनि सम्झनालायक रहेछ ।
गौरव कार्की

धेरै पछि चट्याङ मास्टरको कविता पढ्न पाउँदा मज्जा लाग्यो (कविता, काठमाडौंको पानी) । बेलाबखत यस्तै रमाइला कविता पढ्न पाइयोस् ।
घनश्याम आचार्य

यो त सकारात्मक कुरा हो नि (अन्तर्वार्ता : थारू जातिमा सबैको एउटै भान्सा) । यसले आपसी सद्भाव बढ्छ । सबै जना मिलेर बस्नु खुसीको कुरा हो ।
चेतन हमाल

यो एप्लिकेसन राम्रो रहेछ । (मोबाइलमै नि:शुल्क टिभी) मैले पनि प्रयोग गरिरहेको छु ।
समीर काफ्ले

साप्ताहिकको गत अंकमा प्रकाशित हास्यव्यंग्य मन पर्‍यो । साप्ताहिक अझ रोचक होस् शुभकामना ।
राज

रंगहरूको पर्व होलीसम्बन्धी विशेष सामग्री समेटिएको साप्ताहिकको अंक मन पर्‍यो । अन्य अंकहरू पनि यस्तै पठनीय एवं रुचिकर बनून् ।
डि गैरे

नेपालीहरू नक्कल गर्न माहिर छन् (आज प्रदर्शित हुने चलचित्र भाग सानी भाग) । मौलिकताभन्दा नक्कल बढी देखिन्छ ।
गणेश पौडेल, रामबाबु श्रेष्ठ

धु्रवचन्द्र गौतमका पुराना संस्मरण पढ्दा आनन्द आयो (स्मरण : पित्तलको पिचकारी र अबिरको लोला) । उहाँले मनाएका होली र अनुभूति लोभलाग्दा छन् ।

No comments:

Post a Comment