Second Menu

अशिष्मासँग हाउसफुल

नेपालभाषामा प्रसारण भैरहेको एक मात्र टेलिभिजन च्यानल नेपालमण्डलमा नेपाली चलचित्रसम्बन्धी कार्यक्रम ‘हाउसफुल’ को प्रसारण प्रारम्भ भएको छ ।

प्रत्येक बिहीबार साँझ ८ बजे प्रसारण हुने यो कार्यक्रममा नायिका अशिष्मा नकर्मी भिडियो जक्कीका रूपमा प्रस्तुत हुन्छिन् । चलचित्र वितरक तथा निर्माता गोपाल कायस्थद्वारा निर्मित यो कार्यक्रमको लेखन तथा निर्देशन विजयरत्न तुलाधरले गरेका हुन् ।

राजु राजदेव बज्राचार्य कार्यकारी निर्माता रहेको यो कार्यक्रमको छायांकार तथा सम्पादक शैलेश डंगोल हुन् । सञ्चारकर्मी तथा चलचित्र निर्देशक तुलाधरले यसअघि पनि टेलिभिजनमा नेपालभाषाको पहिलो कार्यक्रम तयार पारेका थिए । उनले २०५३ सालमा पहिलो पटक सांग्रिला च्यानलमा ‘हाबलासा’ शीर्षकको नेपालभाषाको कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारित नेपालभाषाको कार्यक्रम ‘हसना’ का निर्माता तथा निर्देशक पनि तुलाधर नै हुन् ।

No comments:

Post a Comment