ट्रेलर सार्वजनिक भए लगत्तै पाएको प्रसंसाबाट हौसिएको चलचित्र ‘हाउ फन्नी’ टीमले शुक्रवार साँझ नयाँ गीत सार्वजनिक गरेको छ ।
‘शिरैमा सिरबन्दी’ गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्कीले अभिनय गरेकी छिन् । बसन्त सापकोटाको संगीत तथा शब्दको यो गीतमा मेलिना राईको पाश्र्व गायन छ । यो गीतमा प्रियंकालाई गाउँले परिवेशकी युवतीको रुपमा देखाइएको छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको यो गीतमा प्रियंकालाई पुराना हिट गीतहरुमा देखिएकी अभिनेत्रीहरुको शैलीमा प्रस्तुत गरिएको छ ।
तिम्रो मन त चक्कु छुरीकी रेखा थापा , उडी उडी जान्छ मनकी करिष्मा मानन्धर , गोलि शिशा कोकी दीपाश्री निरौला तथा तिर्खा लागे निरमायाकी रेखा थापाकै पहिरनको आधारमा प्रियंकाको पहिरन र नृत्य शैलीलाई तयार परिएको हो । कमेडी शैलीको को यो चलचित्र बैशाख १० देखि प्रदर्शन हुनेछ ।
मिस नेपाल सन् २००२ माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यो चलचित्रको निर्देशन निलु डोमा शेर्पाले गरेकी हुन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, अनुप बिक्रम शाही, विजय बराल, शिशिर राणा लगायत मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
No comments:
Post a Comment