Second Menu

मरिष्काको सम्भावना

म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै चलचित्र नायिका बनेकी मोडल हुन्— मरिष्का पोखरेल । बलिउडको चलचित्र ‘यारा’ मा समेत अभिनय गरेकी मरिष्कालाई निर्देशक आकाश अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ मार्फत नेपाली चलचित्रमा पदार्पण गराउँदैछन् ।

यो चलचित्र वैशाख ३१ गते प्रदर्शनमा आउँदैछ । ‘यारा’ तथा ‘के म तिम्रो होइन र’ को प्रदर्शन बाँकी छँदै मरिष्कालाई निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट–२’ समेत अनुबन्ध गरिसकेका छन् ।

‘चपली हाइट–२’ का लागि कुरिनटारमा आयोजित वर्कशपबाट काठमाडौं फर्किएकी मरिष्काले यो चलचित्रमा आफूले चुनौतीपूर्ण भूमिका निर्वाह गर्न लागेको बताएकी छिन् । एक–पछि अर्को गर्दै ठूला ब्यानरका चलचित्रमा अभिनय गर्ने अवसर पाएकी मरिष्काको भविष्य भने यी चलचित्र प्रदर्शन भएपछि मात्र टुंगो लाग्नेछ ।

No comments:

Post a Comment