स्पेनको बार्सिलोनामा प्रत्येक वर्षको फेब्रुअरी महिनामा मोबाइलको विश्व मेला सञ्चालन हुन्छ । ‘मोबाइल वल्र्ड कंग्रेस’ शीर्षकको यो मेलामा विश्वका ठूला फोन निर्माताहरूले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्छन् । हालै सम्पन्न मोबाइल वल्र्ड कंग्रेस–२०१६ मा पनि सबैजसो ठूला स्मार्टफोन उत्पादकले आफ्नो नयाँ उत्पादन सार्वजनिक गरे । उक्त मेलामा सार्वजनिक भएका फोनले नै वर्षभर विश्वको स्मार्टफोन बजारमा चर्चा र बजार पाउँदै आएका छन् । एप्पलको आइफोनबाहेक प्राय: सबै ठूला फोन उत्पादकले वर्ष २०१६ को मोबाइल वल्र्ड कंग्रेसमा आफ्ना नविन उत्पादनहरू सार्वजनिक गरे जसमा सामसुङ, एलजी, साओमी, हुवेइ, जेडटीइ, एचटीसी, पानासोनिक, एचपी, जियोनी तथा एसर आदि प्रमुख छन् ।
सामसुङ एस–७ र एस–७ एज
सामसुङले ग्यालेक्सी सिरिजका नयाँ फोन सार्वजनिक गरेको छ । ग्यालेक्सी एस–७ तथा ग्यालेक्सी एस–७ एज प्रिमियम फोन यही मेला सार्वजनिक भए जसमध्ये एस–६ तथा एस–६ एजमा बढीभन्दा बढी सुविधा उपलब्ध छन् । पानी नछिर्ने, स्क्रिन लक भएका बेला पनि समय र मिति हेर्न मिल्ने, मेमोरी बढाउन सकिने एसडी कार्ड तथा क्षमतावान ब्याट्री सामसुङका नयाँ फोनका विशेषता हुन् ।
एचटीसी, डिजायर ५३० तथा डिजायर ६३०
मोबाइल वल्र्ड कंग्रेसमा अर्को मोबाइल कम्पनी एचटीसीले भने दुईवटा नयाँ स्मार्टफोन सार्वजनिक गर्यो । एचटीसीले सार्वजनिक गरेका नयाँ उत्पादन डिजायर ५३० तथा डिजायर ६३० हुन् ।
एलजी, जी–५
कोरियाली स्मार्टफोन उत्पादक एलजीले लोकप्रिय जी सिरिजको नयाँ भर्सन जी–५ सार्वजनिक गरेको छ ।
जेड टी ई, एसप्रो प्लस
बार्सिलोना मोबाइल वल्र्ड कंग्रेस– २०१६ मा मोबाइल कम्पनी जेड टी ईले आफ्नो नयाँ मोडल एसप्रो प्लस सार्वजनिक गर्यो ।
पानासोनिक, टफप्याड एफ जेड–एफ वान तथा टफप्याड एफजेड–एन वान
मोबाइल वल्र्ड कंग्रेसमा पानासोनिक कम्पनीले पनि दुईवटा नयाँ स्मार्टफोन सार्वजनिक गर्यो । पानासोनिकले टफप्याड एफ जेड–एफ वान तथा टफप्याड एफजेड–एन वान सार्वजनिक गरेको थियो, जसमा विन्डोज टेन एवं एन्ड्रोइड ५.१ लोलीपप अपरेटिङ सिस्टम छ ।
एचपी, इलाईट एक्स थ्री
एचपीले विश्व मोबाइल मेलामा विन्डोज १० सफ्टवेयरले युक्त इलाइट एक्स थ्री स्मार्टफोन सार्वजनिक गरेको छ ।
जियोनी, एस एट
चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले एप्पलका उत्पादनमा प्रयोग भएकै प्रविधि थ्रीडी टचस्क्रिन प्रयोग गरिएको एस एट सार्वजनिक गर्यो जसको अन्तर्राष्ट्रिय बजार मूल्य ४ सय ४९ युरो छ ।
एसर, लिक्विड जेड टू
चिनियाँ स्मार्टफोन कम्पनी एसरले पनि आफ्नो पछिल्लो उत्पादन इसर लिक्विड जेड टू विश्व मोबाइल मेलामा सार्वजनिक गर्यो । कम्पनीले यो मोडलको मूल्य र नयाँ फिचरहरूका बारेमा भने केही बताएको छैन ।
हुवेई, म्याटबुक
हुवेईले बार्सिलोना विश्व मोबाइल मेलामा म्याटबुक सार्वजनिक गरेको थियो । विन्डोज १० सफ्टवेरमा मोबाइल र ल्यापटक दुवैको काम गर्न सक्ने गरी उत्पादन गरिएको हुवेईको यो मोडल ६ प्रकारको छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय ९९ डलरदेखि १ हजार ९ सय ९९ डलरसम्म छ ।
No comments:
Post a Comment