निर्देशक सुरज भुषााले आफ्नो चलचित्र ‘गाँठो’को छायांकन सकिएको जानकारी दिएका छन् । करिब २० दिनमा यो चलचित्रको छायांकन सकिएको हो । फागुन २४ गतेबाट चलचित्रको छायांकन सुरु गरिएको थियो ।
सुरजका अनुसार चलचित्रलाई पोखरा र गुल्मीमा खिचिएको छ । यो चलचित्रबाट मोडल नम्रता श्रेष्ठ नेपाली रजतपटमा भित्रिदैछिन् । जसले यसअगाडि स्टेजमा मोडलिङ गर्दै आएकी थिइन् ।
चलचित्रको मुख्य भूमिकामा नाजिर हुसेन र अभय बराल छन् । यो चलचित्रले परिवार,प्रेमका सम्बन्धमा आउने गाँठोलाई उठान गरेको निर्देशक भुषालको भनाई छ ।
बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुषालले मिलेर यो चलचित्र बनाएका हुन् ।
No comments:
Post a Comment