बुरा नमानो होली हैं जोगिरा सररर….’ जस्ता सुमधुर होलीका गीतहरु अहिले मधेशका विभिन्न स्थानहरुमा गुन्जिरहेको छ । श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगिरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्ष साता अगाडिदेखि मात्र रौनक सुरु भएको हो ।
मधेशका जिल्लाहरुमा होली पर्व आज मनाइँदै गर्दा पहाडका जिल्लाहरुमा भने मंगलबार नै मनाइयो । यद्यपी यस वर्ष मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि मनाइदै छ । मिथिला पञ्चाङ अनुसार होली पर्व भोली अर्थात बिहीबार रहेको उल्लेख छ । असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेलिरहेका छन् ।
होली आउना साथै तराई भेगमा युवादेखि बुढापाकासम्म होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।
पौराणिक कथन अनुसार विष्णुभक्त प्रल्हादलाई उनकै नास्तिक पिता हिरण्यकश्यपले जलाउन पठाउँदा बहिनी होलिका तथा द्वापर युगमा कृष्णलाई विषाक्त दूध चुसाएर मार्न गएकी पुतनाको उल्टै नाश भएको खुसियालीमा होली पर्व मनाउन थालिएको हो ।
मधेसमा धुमधामसँग होली मनाइँदै गर्दा वीरगन्जस्थित रातोपाटीकर्मी अमित अग्रवालको क्यामेरामा कैद भएका तस्बीरहरु हेरौं
No comments:
Post a Comment