भारतीय टेलिभिजिनबाट प्रशारण हुने चर्चित सिरियल ‘बालिका वधु’की चर्चित कलाकार प्रत्युषा बनर्जीले शुक्रबार आत्महत्या गरेकी छिन् । उनी आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको कोकिलावेन अंवानी अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई डाक्टरले मृत घोषित गरेका थिए । भारतीय मिडियाले बताएअनुसार उनको शरीरमा चोटको निशाना देखिएको छ ।
खबर अनुसार प्रत्यूषाका प्रेमी राहुलराज सिंहले फोन लिएर भागेका छन् । केही मानिसहरुले यसलाई हत्या पनि भनेका छन् । प्रत्युषाका सहकर्मी एजाज खानले भनेका छन् कि–म यो मान्न सक्दिन कि उनले आत्महत्या गरेकी हुन् । यो प्लान गरेर गरिएको हत्या हो ।’ मिडियाका अनुसार प्रहरीले उनका प्रेमी राहुलराज सिंहस“ग सोधपुछ गरिरहेको छ । प्रत्युषा २५ बर्षकी थिइन् । उनले बेलुकी ४ बजेतिर आत्महत्या गरेकी हुन् । उनी मध्यान १२ बजेपछि कसैसँग पनि सम्पर्कमा थिइनन् ।
प्रत्युषाका नजिकका साथीका अनुसार एक दिन अगाडि प्रत्युषा र उनका प्रेमी राहुलविच लडाइ भएको थियो । उनका प्रेमीको अरु कुनै यूवतीस“ग अफेयर चलेको शंका प्रत्युषालाई थियो । प्रत्युषा ‘बीग बोस ७, इतना करो ना मुझे प्यार, कमेडी क्लासेस, झलक दिखला जा ५’मा पनि देखिएकी थिइन् । उनी चर्चित भारतीय सिरियल ‘ससुराल सिमर’मा पनि काम गरिरहेकी थिइन् । यो बर्ष प्रत्युषा र राहुलको बिहे गर्ने तयारी पनि थियो । तर, बिहे अगावै प्रत्युषाले २५ बर्षको उमेरमै आत्महत्या गरेकी छिन् । उनको जन्म सन् १९९१ अगष्ट १० मा जयपुरमा भएको थियो ।
No comments:
Post a Comment