Second Menu

डी सिने एवार्डको नाम परिवर्तन

छायाँछवि क्रिएसनद्वारा सात वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको
‘डी. सिने एवार्ड’ अब चौधरी गु्रपको उत्पादनबाट ब्रान्डिङ हुँदै ‘सिजी डी
सिने एवार्ड’ को नामबाट प्रस्तुत हुने भएको छ ।
प्रविधिको विकास एवं प्रयोगमा डिजिटल चलचित्रको माध्यमबाट आफ्नै
खालको विशेष भूमिका निर्वाह गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ
उचाइमा पुर्याउने सार्थक प्रयास भैरहुन् र राम्राभन्दा राम्रा चलचित्र बनिरहुन्
अनि नेपाली चलचित्र उद्योगको स्तरीयता प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्न
सकियोस् भन्ने उद्देश्यले निहित भएर डी सिने एवार्डको निरन्तर आयोजना
भैआएको छ ।
सातौ ‘सिजी डी सिने एवार्ड’का लागि यतिबेला जुरीहरूले चलचित्र हेर्ने
काम चलिरहेको छ । दसैंताका एवार्ड वितरण गर्ने सोचका साथ सातौं सिजी
डी सिने एवार्डको काम अघि बढिरहेको बताइन्छ । एवार्डमा ०७१ सालमा
प्रदर्शनमा आएका चलचित्र समाविष्ट छन् ।

No comments:

Post a Comment