निर्देशक : प्रणव जोशी
कलाकार : विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरसिया, कर्म, आशुतोष
श्रेष्ठ, अरुण रेग्मी तथा शिशिर वाङ्देल आदि ।
संगीतकार : कालीप्रसाद बासकोटा
‘पिरतीको छाता ओढाउन...’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘रेशम
फिलिली’ गत वैशाख ११ गते नै सार्वजनिक भैसकेको थियो, तर भोलिपल्टको
भूकम्पले उक्त चलचित्र मारमा पर्यो । बहुप्रतीक्षित चलचित्रका रूपमा रहेको
‘रेशम फिलिली’ आज भदौ ११ देखि देशभर प्रदर्शनमा आउँदैछ । सामाजिक
सञ्जालमा भाइरल भएको ‘जालमा’ गीतकै कारण चलचित्र ‘रेशम फिलिली’
लाई बहुप्रतीक्षित मानिएको हो । प्रदर्शनअघि नै लगानी सुरक्षित
गरिसकेको भनिएको ‘रेशम फिलिली’ले अब दर्शकहरूको कति माया पाउँछ,
प्रतीक्षाकै विषय बनेको छ ।
चलचित्रले सामाजिक कथालाई हास्य शैलीमा प्रस्तुत गरेको छ । यो
चलचित्रमा अभिनेता विनय श्रेष्ठ रेशमको भूमिकामा छन् भने कामेश्वर
चौरसिया हरियाको भूमिकामा छन् । रेशम र हरियाले युवापुस्ताको
प्रतिनिधित्व गरेका छन् । चलचित्रको कथा यी दुई युवाको जीवनका आरोह–
अवरोहहरूमा केन्द्रित छ । रेशम फिलिली अभिनेता विनय श्रेष्ठले माधव
वाग्लेसँग मिलेर निर्माण गरेका हुन् ।
Second Menu
▼
No comments:
Post a Comment