Second Menu

मन्त्रीको सेक्स प्रस्तावबारे झुठो हल्ला फैलाउनेलाई नम्रता श्रेष्ठको खुलापत्र के तपाईहरुको नैतिकता छैन् ?


केही अनलाईन ब्लगहरुले गलत
समाचार सम्प्रेषण गरेको भन्दै
नेपाली नायिका नम्रता
श्रेष्ठ रुष्ट देखिएकी छिन् ।
यसअघि श्रेष्ठले सूचना तथा
सञ्चारमन्त्री मिनेन्द्र
रिजालको यौन प्रस्ताव
अस्विकार गर्दा राष्ट्रिय
अवार्ड गुमाउनु परेको भन्दै
केही अनलाईनहरुले समाचार
बनाएका थिए । तर, नम्रताले
ती समाचारमा कुनै सत्यता
नरहेको तथा समाचार
लेख्नुअघि एकपटक पनि आफूसँग
सोधीखोजी नगरेको भन्दै
आफ्नो फेसबुक पेजमार्फत रोष
प्रकट गरेकी छिन् । उनले
फेसबुकमा लेखेको स्ट्याटसको
नेपाली भावानूवाद :
मलाई यस्तो लेख्नुपर्दा दुख लागेको छ । तर, मेरो मौनता गलत ठहरियो ।
सुरुआतमा केही ब्लगहरुले सिर्जना गरेको हल्लासँग म बेखबर थिएँ । तर, मेरा
शुभेच्छुक, साथी र फ्यानले फोन गर्दै प्रश्न सोध्न थालेपछि मलाई जानकारी
भयो । म आफ्नै नयाँ र अहिले निरन्तर सक्रिय रहेका प्रोजेक्टमा व्यस्त रहदाँ
केही ब्लगरले सिर्जना गरेको समाचारको पछि कुद्नु मुर्खता हो । सामाजिक
सञ्जालमा समाचार भाइरल बनेपछि स्पष्ट पार्नुपर्ने विषय आएको छ । मेरो
तर्फबाट समाचार लेख्नुअघि समाचार बनाउनेले मसँग कुनै परामर्श नै गर्नुभएन । म
मुख्य कुरामा जान चाहन्छु । राष्ट्रिय अवार्ड समारोहपछि यी सब कुरा आए ।
केही अनलाईन ब्लगहरुले कार्यक्रम सकिए लगत्तै म समारोहबाट बाहिरिएको
सम्बन्धमा लेखे । त्यसको कुनै तुक छैन् । किनकी त्यस दिन म विहान ८ बजेदेखि
म्युजिक भिडियोको सटिङमा थिएँ । मलाई मेरो सुटिङ टोलीले कीर्तिपुरमा
कुरिरहेको थियो । त्यसका बाबजुद चलचित्र क्षेत्रका दिग्गज व्यक्तिहरुले
निमन्त्रणा गरेका कारण म आफूलाई यस क्षेत्रको एक जिम्मेवार व्यक्ति सम्झदैँ
त्यहाँ उपस्थित भएँ । राष्ट्रिय अवार्डका सम्बन्धमा म कुनै वहस गर्न चाहन्न । म न
कुनै निर्णायक हुँ न त बोर्ड सदस्य नै । यसको निर्णय निर्णायक वा आयोजकले
गर्ने हो । ट्यावलोईड शीर्षकमा आधारहिन समाचार छापेर नभएको
विषयवस्तुमा समाचार बनाउनेसँग मलाई निकै दुख लागेको छ । किन ? के तपाईहरु
सोच्नुहुन्न , तपाईहरुसँग नैतिकता चाहिदैँन ? के अझै मैले यस्ता केही ब्लगले राख्ने
आधारहिन समाचार र त्यसका पछाडि हुने राजनीतिको जवाफ फर्काउनुपर्छ ?
म एक कलाकार र फिल्ममेकरका रुपमा गर्व गर्छु । तर, यस्ता समाचार र समाचार
बनाउनेका कारण मैले आफ्नो व्यवसाय र सम्पूर्ण उद्योगमाथि प्रश्न गर्नुपर्ने
भएको छ । मलाई लाग्छ, चलचित्र उद्योग यस्ता सामाग्रीहरुप्रति गम्भिर
हुनुपर्छ र यस्ता आधारहिन समाचार लेख्नेमाथि हाम्रो संस्थाले कारबाही
गर्नुपर्छ अनि मात्रै चलचित्र उद्योग तथा यस व्यवसायमाथि सर्वसाधारणलाई
गलत भ्रम पर्नेछैन् । चलचित्र उद्योगको विकास र विश्वसनियताका लागि
यस्तो घटना भविष्यमा दोहोरिनु हुदैँन । धन्यवाद ः नम्रता श्रेष्ठ (कृपया यो
स्पस्टीकरण होइन । तर, कुनै पनि आधारहिन समाचारले मेरा शुभेच्छुकलई असर
नपरोस् ।)
नोटः नम्रता श्रेष्ठको फेसबुक पेजबाट

No comments:

Post a Comment