काठमाण्डौ।
केहि महिना अगाडी गुपचुपमै अमेरिका उडेकी निशा अधिकारीलाई यति बेला
अनेकौ प्रश्नहरुले दिक्क पारेको छ । पछिल्लो समय नेपाली कलाकारहरु
अमेरिकामा स्थायी रुपमै बस्न थालेपछि कतै निशा पनि उतै हराउँने त होइन भन्ने
प्रश्नहरु बाक्लै उठेका छन् । तर यि कुरालाई निशाले आफ्नो आधिकारी
फेसबुकमार्फत स्पष्ट पार्ने प्रयास गरेकी छिन् ।
Subscribe us on YouTube:-
उनले आफु अमेरिकामा हराउँन नभएर आफ्नो दाईसँग समय विताउँन धेरैपछि छुट्टी
मिलाएको बताएकी छिन् । उनले आफ्नो प्रेमी शरदसँग ब्रेकअप नभएको सम्म
खुलाउन भ्याइन् । उनले लेखेकी छिन्, ‘अमेरिका आउनासाथ ब्रेकअप हुनै पर्छ भन्ने
छैन ।’ उनले आफु चलचित्र नपाएर अमेरिका नआएको पनि बताइन् । ‘म चाँडै नेपाल
आउँदैछु । नेपाल आएपछि म चलचित्र लुटेराको एक गीतमा खेल्नु पर्ने छ र सोहि
चलचित्रको प्रचार प्रसारमा पनि लाग्छु’ उनले अगाडी थपिन् ‘चलचित्र
लुटेरासँगै अन्य दुई वटा चलचित्रको छायांकनमा समेत व्यस्त हुँदैछु’ ।
Second Menu
▼
No comments:
Post a Comment