Second Menu

भोलि मोडल अफ द इयर


नेपाली मोडलिङलाई फराकिलो बनाउँदै यसलाई अझ व्यवस्थित एवं व्यवसायिक बनाउने
उद्देश्यका साथ आयोजित 'मोडल अफ इयर-२०१४' को निर्णायक प्रतिस्पर्धा भोलि हुने
भएको छ। आर्मी अफिसर्स क्लबको मञ्चमा प्रस्तुत हुने यो प्रतियोगितामा देशका
विभिन्न स्थानबाट आवेदन दिएका करिब ४ सय जनाबाट छानिएका ३० जना युवा-
युवतीबीच निर्णायक प्रतिस्पर्धा हुन लागेको हो, जसमा १७ जना पुरुष तथा १३ महिला
छन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा सञ्चालन हुन लागेको यो प्रतियोगिताका
क्रममा मोडलिङसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रदान गरिएको दाबी
गरिएको छ।

No comments:

Post a Comment