Second Menu

लन्डनको नेपाल झल्कियो

गत साता लण्डनमा आयोजना गरिएको नेपाली मेलामा मिनी नेपालको
झल्को दिँदै सम्पन्न भएको छ। नेपालको पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्मका बिभिन्न जात जाति तथा समुदायहरुको परम्परा र संस्कृति
झल्किने भेष भुषासहितको सांस्कृतिक झाँकीले मेलालाई साच्चिकै नेपालीपन
दिएको थियो।
विभिन्न देशका राजदूत, स्थानीय मेयर, काउन्सिलरसहित अन्य बिदेशी
पाउनाहरू समेतको उपस्थिति रहेको उक्त मेलामा हजारौ नेपाली तथा गैर
नेपाली व्यक्तिहरु सहभागी भएका थिए।
दौरा सुरुवाल र गुन्यो चोलोदेखि विभिन्न जनजातीका आ आफ्नै पहिरनमा
सज्जित समूहले नाचगानसहित मार्च पास गरेका थिए। मार्चपासमा नेपालको
बिभिन्न ग्रामिण परिवेशको जीवनशैली झल्किने किसिमका झाँकी प्रदर्शन
गरिएको थियो। कार्यक्रममा ब्रिगेड अफ गोर्खाको तर्फबाट खुकुरी डान्स
देखाइएको थियो।
कार्यक्रमका संयोजक नन्द गुरूङले यसपालीको इभेन्टमा नेपाल युके दौत्य
सम्बन्धको दूई सय वर्ष मार्क गर्ने गरी आयोजना गरिएको जनाए। यो नेपाली
मेलाको उद्देश्य समग्र नेपाल र नेपाली पहिचान झल्काउनु नै हो र त्यसमा
सफलता प्राप्त भएको अनुभूति भएको छ, यो हामी सबैले गर्व गर्ने बिषय पनि
हो’, सेतोपाटीसँगको कुराकानीमा गुरुङले भने।
तमु धिँ युकेले हरेक वर्ष आयोजना गर्दै आइरहेको यो कार्यक्रममा नेपाली
दूतावास बेलायतको समेत सहकार्य रहेको थियो। तमु धिँका अध्यक्ष रामचन्द्र
(सुर्जे ) गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतका लागि
कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएन यूकेका अध्यक्ष महेन्द्र
कँडेलसहित नेपाली र बेलायती समुदायका विशिष्ट अतिथिहरु उपस्थित थिए।
कार्यक्रम बोल्दै बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले
नेपाली मेला बिदेशमा नेपाली कालसंस्कृतिको प्रर्वधनका लागि महत्वपूर्ण
रहेको बिचार ब्यक्त गरे ।
लन्डनको केम्पटन पार्कमा आयोजित मेलामा नेपाली परिकारहरु पस्किने
खानाका स्टलहरुले पनि भरपुर नेपालीई स्वाद पस्केको थियो। बेलायतमा हुने
नेपाली जमघट मध्येको सबैभन्दा ठूलो मेलाको रुपमा नेपाली मेला लाई लिने
गरिन्छ।

No comments:

Post a Comment