हुनत, सार्वजनिक बिदा
नभएकोे समयमा पनि
नेपाली चलचित्रले राम्रै
व्यापार गरिरहेका छन् । तर,
पनि दशै, तिहार, नयाँ बर्ष
जस्ता बिदामा नेपाली
चलचित्रका निर्माता
चलचित्र चलाउन
लागिपर्छन् ।
यसपटकको दशैमा पनि चलचित्रको भिडन्त देखिने भएको छ । यो दशैमा ४ वटा
नेपाली चलचित्रले व्यापारिक भिडन्त गर्ने भएका छन् । यसअघि ‘अधकट्टी, ठमेल
डट कम, परदेशी’ले यो समयका लागि मिति तोकिसकेका थिए । अब, दशैको
लामो बिदामा चलचित्र चल्छ भन्ने सोच बोक्दै चलचित्र ‘सुश्री’का निर्माता
पनि आइपुगेका छन् ।
लेखक शिवम् अधिकारीले पहिलो पटक निर्देशन गरेको यो चलचित्र
स्टारकास्टका हिसाबले केही मजुवत छ । नायक आर्यन सिग्देलको स्टारडम
बिक्छ भन्ने सोचका कारण पनि यसका निर्माताले अरु ३ चलचित्रलाई चुनौती
दिन खोजेको हुनसक्छ ।
आर्यनको साथमा आशिका तामाङ, सुरविना कार्की लगायतका
कलाकारको मुख्य भूमिका छ । चलचित्र राम्रो भएको र दर्शकले पनि साथ दिने
विश्वासका साथ दशैमा आउन लागेको निर्देशक अधिकारी बताउँछन् । उनले
आफूहरुले चलचित्रको छायांकनको समयमा नै दशैकलाई मिति तोकेको बताउँदै
जुध्न नआएको बताए ।
जे होस्, यसपटकको दशैमा पनि नेपाली चलचित्रको भिडन्त रोचक हुने भएको छ
। कात्तिक ३ गतेबाट प्रदर्शनमा आउने ‘सुश्री’लाई दर्शकले कस्तो साथ दिने हुन्,
समयले नै बताउनेछ ।
Second Menu
▼
No comments:
Post a Comment