भाद्र १८, २०७२-
पहिलो चलचित्रवाट नै सर्वोत्कृष्ट चलचित्र निर्देशनको अवार्ड हात पार्न सफल निर्देशक
दीपा बस्नेतको पहिलो छोटो चलचित्र युट्युबमा सार्वजनिक भएको छ । यौन
मनोविज्ञानमा आधारित वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको "भाँडो"
कथामा बनेको चलचित्र २०१० मा बनेको हो ।
उक्त चलचित्रको छायाँकन हुदाँ साहित्यकार मल्ल जीवन मृत्यु संग लड्दै हुनुहुन्थ्यो उहाँ संग
अनुमति लिएर चलचित्र बनेको हो । म पनि तिमीले बनाएको चलचित्र हेर्छु नि नानी ”
भन्नुभएको थियो तर चलचित्र पुरा नहुदै उहाँ वित्नुभयो, उनले भनिन् ।
घरेलु काम गर्न मालिकको घरमा बसेको एक युवकको यौन मनोविज्ञानमा आधारित
कथामा बनेको चलचित्र नेपालमा आयोजना भएको बड्स फिल्म फियस्टा २०१० मा
पहिलो प्रर्दशन गरिएको थियो भने टोरन्टो नेपाली चलचित्र महोत्सब २०११ मा
आधिकारिक छनौट भएर प्रर्दशन भएको थियो ।
जीवनसाथी फिल्मसले प्रस्तुत गरेको चलचित्रमा रमेश धमलाको छायाँकन रहेको छ भने
अशिम चित्रकारको सम्पादन रहेको छ । चलचित्रमा नबराज खड्का, शान्ति गिरि,
लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशि र अहिलेकि चर्चित गायिका
ज्योति मगरको मुख्य भमिका रहेको छ ।
Second Menu
▼
No comments:
Post a Comment