Second Menu

(छोराका लागि नायिका भेट्ने रेखाले आफ्ना लागि हिरो पाइनन्)


नायिका रेखा थापाका
लागि पर्दामा रोमान्स
गर्ने नायकको कमी हुन
थालेको छ । चलचित्रको
पर्दामा जो नायक
राखेपनि रेखा नै हाबी
भएको पाइन्छ । यसैले पनि
रेखाका लागि चलचित्रमा
अपोजिट भएर काम गर्ने
नायकको अभाव हुन
थालेको छ । नायिका
थापाले आफ्नो नयाँ
चलचित्र ‘रामप्यारी’का
लागि आफूसँग काम गर्ने
नायक भेटेकी छैनन् । हुनत, देशका चर्चित नायकहरुले रेखासँग पर्दा शेयर नगरेके
होइनन् । तर, पनि रेखाले आफ्ना चलचित्रमा धेरैजसो नयाँ अनुहारलाई नै
प्राथमिकता दिएको पाइन्छ ।
रेखाले चलचित्रको छायांकन भदौ २१ गतेबाट गर्ने भनेतापनि मधेसको
बन्दलाई
मुख्य कारण देखाउँदै छायांकन पछि सर्ने संभावना छ । चलचित्रका लागि
रेखाले आभाष अधिकारी र आश्मा डीसीलाई भने पक्का गरिसकेकी छिन्

आभाष रेखाको दिदीका छोरा हुन् । पर्दामा आभाष र आश्माको
जोडी
देखिनेछ । आश्मा र आभाष अहिले वर्कशपमा व्यस्त छन् ।
सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रले ट्याम्पु ड्राइभर
महिलाको
कथालाई उठान गर्नेछ । नारी प्रधान चलचित्र बनाउन माहिर मानिएकी
रेखाले ‘रामप्यारी’लाई पनि यस्तै कथामा ढालेकी छिन् ।

No comments:

Post a Comment