Second Menu

शो-स्टपर नायिका


सेलिब्रेटीहरूलाई फेसन शोको शो-स्टपर अर्थात् र्याम्पमा एउटा सिक्वेन्सलाई समापन
गर्दै क्याटवाक गर्ने मोडलका रूपमा प्रस्तुत गर्ने प्रचलन बढेको छ । बलिउडमा लोकप्रिय
नायिकाहरूलाई शो-स्टपर बनाउने फेसन नै छ । नेपालमा आयोजना हुने फेसन शोमा समेत यो
कार्य अनिवार्यजस्तै भएको छ । मोडलिङ तथा सौन्दर्य प्रतियोगिताबाट चलचित्रमा
आएका नायिकाहरूलाई त फेसन शोको शो-स्टपर हुँदा अझ सहज हुन्छ । प्रियंका कार्की,
नीशा अधिकारी मात्र होइन करिश्मा मानन्धरदेखि नन्दिता केसी र रीमा विश्वकर्मा
सम्मका नायिकाहरू फेसन शोमा शो-स्टपरका रूपमा प्रस्तुत भैसकेका छन् । तस्बिरमा
नायिका निशा अधिकारीलाई हालैको एउटा फेसन शोमा आकर्षक क्याटवाक
गरिरहेको देख्न सकिन्छ ।
बाध्यताले गराउँछ
नायिका शुभेच्छा थापा अहिले खुलेर बोल्न थालेकी छिन् । हालै एक अनलाइनसँग थापाले
भनेकी छिन्— नायिकाहरूले स्ट्यान्डर्ड मेन्टेन गरेनन्, भन्ने कुरा आइरहन्छ, तर उहाँहरूको
पीडा पनि त आफ्नै ठाउँमा छ नि । म नायिका हुँ, तर मसँग गोजीमा पैसा छैन भने के गर्ने ?
जब कुनै विकल्प हुँदैन, अरू काम गर्न जाँदा नायिकाले यस्तो काम गर्ने भनेर लाञ्छना
लगाउने र अझ बढी डोमिनेट फिल हुने भएकाले पनि कसैले थाहा नपाउने गरीे सेक्सुयल
रिलेसनसिप अपनाउन बाध्य भएका हुन् कि ? थापा भन्छिन्— आवश्यकताले गराउने रहेछ यी
सब चीज । नायिका थापाको तर्क छ- हाइफाई मेन्टेन गर्न पनि एउटा ठाउँमा पुगेपछि
शरीरसमेत बेच्न बाध्य पारे जस्तो लाग्छ । भारतमा पनि एउटी नायिकाले यौनकार्य
गरिरहेको अवस्थामा पुलिसले रेड हानेको कुरा आएको छ । उनले आफैंले पैसाको खाँचोले
त्यो काम गरेको कबुल गरेकी छिन् । त्यस्तै बाध्यता हाम्रो देशमा पनि छ ।
गैंडाको अनौठो घोषणा
'गैंडा' उपनामले चिनिने निर्मल शर्माले आगामी एक वर्ष अभिनय नै नगर्ने घोषणा गरेका हुन्
। हुन पनि उनी विगत केही महिनादेखि 'तीतो सत्य' मा देखिएका छैनन्, न त उनले केही
महिनाअघि सम्पन्न गाईजात्रे महोत्सवमै अभिनय गरे । 'सन् २०१५ को अन्त्यसम्म अभिनय
गर्दिनँ,' निर्मलको घोषणा छ —'अबको एक वर्ष म चलचित्रको निर्देशनमा मात्र केन्दि्रत
हुनेछु ।' यसै वर्ष 'चकलेट' शीर्षकको चलचित्र निर्देशन सम्पन्न गरेका निर्मलले यो एक वर्षको
अवधीमा थप तीनवटा चलचित्र निर्देशन गर्ने स्पष्ट पारेका छन् । विज्ञापनमा भने अभिनय
गरिरहने बताउने निर्मल विज्ञापनको निर्देशनमा समेत सक्रिय रहनेछन् । केही महिना
भित्रै 'ब्रास्लेट' शीर्षकको चलचित्र निर्देशन गर्न लागेका निर्मल यतिबेला उक्त
चलचित्रका कलाकारको खोजीमा छन् ।
सञ्चिताको सेकेन्ड इनिङ
लामो समयपछि नायिका सञ्चिता लुइँटेलले चलचित्रमा कमब्याक गरेकी छिन् ।
चलचित्रमा र्फकन आतुर रहेको प्रतिक्रिया दिइरहेकी सञ्चिताले अन्तत: चलचित्रकर्मी
विकास आचार्यको साथ पाएकी हुन् । आचार्यको सिक्वेल चलचित्र 'नाइँ नभन्नु ल-३'
मार्फत आफ्नो कमब्याक प्रभावकारी हुने दाबी सञ्चिताको छ । 'मेरो अभिनय क्षमता
बुझेर होला, मलाई प्रभावकारी भूमिकामा प्रस्तुत गरिएको छ,' साप्ताहिकसँगको एउटा
भेटमा सञ्चिता भन्दै थिइन- 'यो चलचित्रसँगै अब म आफ्नो सम्पूर्ण समय चलचित्रलाई दिन
सक्नेछु ।' मुस्कान ढकालद्वारा निर्देशित चलचित्र 'नाइँ नभन्नु ल-३' मा सञ्चिताले
अभिनेता सुरजसिंह ठकुरीको साथ पाएकी छिन् । चलचित्रमा सुरज र सञ्चिताले श्रीमान्-
श्रीमतीको भूमिका निर्वाह गर्दैछन् । यो चलचित्र चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

No comments:

Post a Comment