Second Menu

शुपति पुगिन् बलिउड हट नायिका मल्लिका


क्यासिनो उद्घाटनका लागि काठमाडौ आएकी बलिउड नायिका मल्लिका शेरावतले पशुपतिनाथ मन्दिर दर्शन गरेकी छिन् । गलामा सयपत्री फूलको माला लगाएर पशुपतिनाथ मन्दिरको गेटमा उभिएको फोटो उनले ट्वीटरमा राखेकी छिन् ।
काठमाडौको सोल्टी होटलमा खुलेको क्यासिनो उद्घाटनका लागि आएकी मल्लिकाले आफुसँगै पढेको साथी क्यासिनो सञ्चालनमा संलग्न भएकाले उद्घाटनमा आएको प्रतिक्रिया दिएकी थिईन् ।
बलिउडकी यी हट नायिका पछिल्लो समय अभिनयमा कम सक्रिय छिन् । हिन्दु धर्मप्रति आस्था राख्ने बलिउड कलाकारहरु पशुपतिनाथ दर्शनलाई विषेश चासो दिन्छन् ।
नेपाल भ्रमणमा आएका प्राय कलाकारले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने गरेका छन् । यसअघि पनि शुत्रुघन सिन्हा, गोबिन्दा लगायतका कलाकारले पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए ।

No comments:

Post a Comment