Second Menu

मिस डिभा आज


भाद्र २५, २०७२- 
आईरिस ब्युटीपार्लर तथा ब्लुरेज प्रोडक्सनको आयोजनामा हुन लागेको मिस डिभा–२०१५ को छिनोफानो आज शुक्रबार पोखरा सभागृहमा हुदैंछ ।
पहिलो पटक हुन लागेको यो प्रतिस्पर्धामा एकसे एक सुन्दरी उपाधिको दाबी गर्दै प्रशिक्षणमा व्यस्त छन् । युवतीहरूमा लुकेको प्रतिभा बाहिर ल्याउने उद्देश्यले सञ्चालित यो प्रतिस्पर्धामा १६ जना युवती मैदानमा छन् । उनीहरूलाई सम्बन्धित क्षेत्रका विज्ञहरूले एक महिना लामो प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा बोल्ने कला, नेतृत्व विकास एवं व्यक्तित्व विकाससँगै डिजे तालिम पनि दिइएको आयोजक संस्थाकी सोनम गुरुङले बताइन् । प्रतियोगीहरूलाई सलिना गुरुङ, अनुषा श्रेष्ठ एवं प्रनभ गुरुङले र्‍याम्पमा हिँड्न सिकाएका थिए ।

No comments:

Post a Comment