Second Menu

होस्टलमा बस्दा ध्यान दिनुपर्ने कुराहरु

भाद्र २४, २०७२- - होस्टलमा भिन्न परिवेश र पृष्ठभूमिका साथीहरूसँग मिलेर बस्नुपर्ने हुनसक्छ । साथीहरूको बोली, व्यवहारलाई आत्मसात् गर्दै होस्टल बसाइ सहज बनाउनुपर्छ ।

- होस्टलमा बस्दा आफ्नो बोली–व्यवहारले अरूलाई असर गरेको छ/छैन, बुझ्नुपर्छ । साथीलाई बाधा पुग्ने गतिविधि गर्नु हँुदैन ।

- दिक्क लाग्ने गरी ठूलो आवाजमा गीत बजाउनु हुँदैन । सकेसम्म इयरफोनको प्रयोग गरौं । फोन र म्यासेजको रिंगटोनले पनि अरूलाई बाधा पुर्‍याउन सक्ने कुराको ख्याल गरौं ।

- फोनमा ठूलो आवाजले निजी कुरा नगरौं ।

- आफ्नो परिवारसँग नियमित सम्पर्कमा रहनुपर्छ, यसले होम सिक हुन दिँदैन । होस्टलको सम्पर्क नम्बरका साथै रुममेट र मिल्ने साथीको मोबाइल नम्बर पनि अभिभावकलाई दिनुपर्छ ।

- होस्टलका साथीहरूसँग मित्रवत् एवं सहयोगी व्यवहार गर्नुपर्छ ।

- होस्टलमा हुने कार्यक्रमहरूमा सहभागी हुनुपर्छ, यसले व्यक्तित्व विकासमा सहयोग गर्छ ।

No comments:

Post a Comment