Second Menu
▼
मोडल क्वेस्टमा हेचल शो स्टपर
राजधानीमा सम्पन्न मोडल क्वेस्ट इन्टरनेसनल नेपाल–२०१५ प्रतियोगिताको रनवेमा सलमान खान अभिनीत चलचित्र ‘बडिगार्ड’की अभिनेत्री एवं ब्रिटिश मोडल हेजल किच शो स्टपरका रूपमा देखिइन् । हँसिलो मुहार छर्दै कालो पृष्ठभूमिमा रेड रोजको फ्लोरल प्रिन्ट भएको ट्युब नेकलाइनको फुल लेन्थ पहिरनमा रनवेमा देखिएकी हेजलले मोडल क्वेस्टका विजेताहरूलाई एवार्ड पनि प्रदान गरेकी थिइन् । उक्त प्रतियोगितामा विक्रम पाण्डे र निरिशा बस्नेत विजेता भएका थिए । विक्रमले मिस्टर पर्सनालिटी तथा स्टाइलिस विधाको एवार्ड पनि जितेका थिए भने निरिशाले पर्सनालिटी विधाको एवार्ड जितेकी थिइन् । यसैगरी प्रतियोगितामा सिमरदीप सिंह गिल र अलिना कार्की फस्ट रनर्सअप तथा पृथ्वी श्रेष्ठ र अमृता ताम्राकार सेकेन्ड रनर्सअप छनौट भए ।
२८ जना युवक एवं २२ जना युवतीको सहभागिता रहेको उक्त प्रतिस्पर्धामा उत्सव शाही ठकुरी र अमृता ताम्राकारले कन्जिनियालिटी, तिलक अय्यर र रोजिना श्रेष्ठले मल्टिमिडिया, प्रनि राज पाण्डे र अलिना गुरुङले फोटोजेनिक, सन्दिप नेपाल र निहारिका राणाले म्यानेजमेन्ट च्वाइस एवार्ड, पृथ्वी श्रेष्ठ र सबिना संग्रौलाले बेस्ट वाक, दिपेश खड्का र जेरिक रसाइलीले भ्युअर च्वाइस एवार्ड, सिमरदिप सिंह गिल र कृति पुरीले पपुलर तथा अलिना कार्कीले मिस स्टाइलिस विधाको एवार्ड जिते ।












No comments:
Post a Comment