Second Menu

पोखरामा प्रि-वल्र्डकप प्याराग्लाइडिङ


साहसिक हवाई खेल प्याराग्लाइडिङको प्रि-वल्र्डकप-२०१५ मा
पोल्यान्डका पाइलट माइकल गि्रल्याक विजेता भएका छन् । नेपालमा
पहिलो पटक आयोजित प्रतियोगितामा माइकल १ सय ४९ जना
पाइलटलाई पछि पार्दै खुला प्रतिस्पर्धातर्फ च्याम्पियन भएका हुन् ।
प्रतिस्पर्धामा ३५ राष्ट्रका पाइलट सहभागी थिए । बेलायतका इदि्रसले
दोस्रो स्थान तथा फ्रान्सका लुकास ब्रिन्र्डेनले तेस्रो स्थान प्राप्त
गरेको यो प्रतियोगिताको महिलातफर्को खुला प्रतिस्पर्धामा
जापानकी इम हिराकावाले उपाधि जितिन् । उक्त प्रतिस्पर्धामा
जर्मनीकी इजाबेला म्यासेन्जर दोस्रो तथा रसियाकी अनाका
जाकोभा तेस्रो स्थानमा रहे । नेपालीतफर्को खुलामा विमल अधिकारी
पहिलो विशाल थापा दोस्रो तथा विजय दाहाल तेस्रो भए ।
तीन दिनको टास्क (तोकिएको दूरी) का आधारमा जिपिएस
प्रक्रियाबाट बिजेता छनोट गरिएको प्रतियोगिता संयोजक शोभित
बानियाँले बताए । प्रतियोगितामा नेपाली लिग च्याम्पियनतर्फ विमल
अधिकारी पहिलो, योगेश भट्टराई दोस्रो तथा सुशील गुरुङ तेस्रो भए ।
स्पोर्ट्स विधातर्फ युुक्रेनका स्टेफेन प्रथम, बेलायतका स्ट्यान दोस्रो तथा
रसियाका माक्सिङ तेस्रो स्थानमा रहे । समूहतर्फ पोखराको फन्टि्रयर्स
प्याराग्लाइडिङ प्रथम भयो ।
प्रतिस्पर्धामा प्रतियोगीहरूले सराङकोटबाट उडान भरेर नौडाँडा,
ल्वाङघलेक, घाचोक, पञ्चासे हुँदै स्याङ्जाको भालुपहाडबाट अर्मला हुँदै
फेवाताललाई फन्को मार्दै खहरेमा अवतरण गरेका थिए ।
१८ नेपाली पाइलटले सहभागिता जनाएको उक्त प्रतियोगितामा
महिलातर्फ एकमात्र पाइलट सुनीता नेपालीले प्रतिस्पर्धा गरेकी थिइन् ।
गत १५ गते प्रारम्भ भएको प्रतिस्पर्धा मौसममा आएको गडबडीका कारण
तीनदिन स्थगित हुँदै पुन: सुचारु भएको थियो । विश्वकै उत्कृष्ट
प्याराग्लाइडिङ उडानमा पर्ने पोखराको सराङकोटमा विश्वकप
सञ्चालन गर्ने उद्देश्यसहित यो प्रि-वल्र्डकप आयोजित गरिएको हो ।
प्रतियोगितामा ३६ राष्ट्रका १ सय ५० जना प्याराग्लाइडिङ
पाइलटको सहभागिता रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष
योगेश भट्टराईले बताए । १५ वर्षदेखि खुला प्याराग्लाइडिङ
प्रतियोगिता गर्दै आएको संस्थाले प्रि-वल्र्डकपको तयारीस्वरूप दुई
वर्षदेखि अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिप आयोजना गरिसकेको छ ।

No comments:

Post a Comment