Second Menu

क्रिस्टिनाको खुसी

अमेरिकी पप गायिका क्रिस्टिना एग्युलेरा दोस्रो पटक आमा बन्ने
भएकी छिन्। आमा बन्ने तयारीमा रहेकी यी गायिकाले गर्भावस्थामै आफ्ना प्रशंसकलाई
आश्चर्यमा पार्ने काम गरेकी छिन्। आमा बन्ने खबरसँगै उनले बी म्यागेजिनका लागि
पूर्णनग्न तस्बिर खिचाएर चर्चा पाएकी छिन्। ३३ वर्षीया गर्भवती क्रिस्टिनाले उक्त
तस्बिरमा सेतो पारदर्शी पहिरनमा नग्न भएर पोज दिएकी हुन्। तस्बिरमा उनले आफ्नो
स्तनलाई केश र हातले छोप्ने प्रयास गरेकी छिन्। समाचारमा जनाइएअनुसार उनी यही
अगस्ट महिनाको अन्तिम साता आमा बन्दैछिन्।

No comments:

Post a Comment