आश्विन २४, २०७१-१७ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने एक्लो खेलाडी
हुन्— विमला तामाङ । सहभागी २ सय ४ नेपाली खेलाडीमध्ये १८ वषर्ीया तामाङले
कराँतेको एकल कातामा कांस्य पदक जितेकी थिइन् । उक्त स्पर्धामा यो नेपालको
पहिलो सफलता हो । गत आइतबार स्वदेश फर्किएकी विमलाले आफ्नो सफलताका बारेमा
साप्ताहिकसँग गरेको कुराकानी उनकै शब्दमा ः
दक्षिण कोरियामा एसियाली खेलकुद सुरु हुँदा म नेपालमै थिएँ । नेपाली खेलाडीहरू
एकपछि अर्को गर्दै हार्दै गएका थिएँ । यसरी पदकबाट वञ्चित हुँदा मलाई निकै नराम्रो
लागेको थियो । ममा आफूले खेल्न पाएँ भने पदक जित्छु भन्ने आत्मविश्वास थियो ।
अन्ततः आफूले नै नेपाललाई पदक दिलाउन पाउँदा एकदमै खुसी लागेको छ ।
गुरुहरूले गराएको ट्रेनिङ अनि ममी (धनमाया)को निरन्तर प्रोत्साहन एवं हौसलाले आफूले
पदक जित्न सक्ने कहीं-कतै आत्मविश्वास थियो ममा । अन्तर्राष्ट्रिय प्रतियोगितामा म
त्यति धेरै अनुभवी होइन, तर मैले अनुभवको कमी नभएजस्तो खेल खेलें । पहिलो खेलमा नर्भस
नभै खेलेर पाकिस्तानी खेलाडीलाई ४-१ ले पराजित गरें । त्यसमा सफलता हात पार्दाको
खुसीमा गुरु, बुबा तथा आमाको एकदमै सम्झना आयो ।
सेमिफाइनलमा म भियतनामी खेलाडीसँग हारें । त्यसपछि तेस्रो स्थानका लागि भएको
खेलमा उत्तर कोरियाली खेलाडीलाई ५-० ले हराएर कांस्य पदक हात पारें । उक्त पदक
हात पार्दाको क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ । पदक थाप्दा मेरा आँखाबाट
खुसीका आँसु बगिरहेका थिए । पदक वितरण समारोहमा नेपालको झन्डा अरू देशसँगै
फहराइएको देखेर एकदमै खुसी लाग्यो ।
म आफ्नो सफलताको श्रेय गुरु ध्रुवविक्रम मल्ल, बुबा, ममी, साथीहरू तथा मलाई चिन्ने
सबैलाई दिन चाहन्छु । मेरा लागि गुरु, बुबा र आमाले धेरै गर्नुभएको छ । बुबा-आमाले सधैं
खेल्न र जित्न प्रेरणा दिनुहुन्छ । एसियाड खेल्न कोरिया जाने-आउने खर्च पनि गुरुले नै
जुटाइदिनुभएको हो ।
एसियाली खेलकुदमा नेपालको सहभागिताका सम्बन्धमा कराँते संघमै विवाद थियो ।
खेल्न पाउने कि नपाउने भन्ने टुंगो थिएन । गुरुहरूले भनेअनुसार म आफूले एसियन गेम्समा खेल्न
पाउने कुरामा कन्फिडेन्ट भने थिएँ । तैपनि विभिन्न प्रकारका विवादले गर्दा मनको कुनै
कुनामा आफूले खेल्न पाउनेमा शंका भने बाँकी नै थियो । देशका लागि पदक दिलाउन
पाउँदा खुसी लागे पनि राष्ट्रिय टिमको खेलाडी छनोटप्रति भने मेरो मन खिन्न छ ।
राष्ट्रिय खेलकुद परिषद्ले निष्पक्ष छनोट गराएको भए राम्रो हुन्थ्यो ।
दक्षिण कोरिया पुगेर पनि खेल्न नपाउँदा चन्चला दनुवारलाई हर्ट भएको हुनुपर्छ ।
प्रतियोगिता स्थल पुगेर पनि खेल्न नपाउँदा जुनसुकै खेलाडीलाई पनि हर्ट हुन्छ । यस्तो
हुनुअघि दुवै खेलाडीलाई छनोटमा खेलाएर उत्कृष्ट हुने एक खेलाडीलाई खेल्न पठाउनुपथ्र्यो ।
छनोटमा हाफू हारे पनि प्रतियोगितामा अर्को खेलाडीले पाएको सफलतामा खुसी हुन
सकिन्थ्यो । विवाद गर्नुको साटो सरकारले खेलाडीलाई ट्रेनिङ गर्ने राम्रो वातावरण
बनाइदिनु उपलधिमूलक हुने थियो । अलिकति मेहनतले म १७ औं एसियाली खेलकुदमा
कांस्यपदक ल्याउन सफल भए, अब १८ औं एसियाडमा अझ बढी मेहनत गरेर गोल्ड मेडल जित्ने
सपना छ भने कराँतेको वल्र्ड च्याम्पियनसिपमा पनि पदक जित्ने चाहना छ ।
पढाइका लागि भनेर म ७ वर्षकी छँदै मेरो परिवार धादिङको सेम्जोङ-४ बाट काठमाडौं
बसाइँ सरेको थियो । बुबा (विष्णु बहादुर) को सपना मलाई खेलाडी बनाउने थियो । मलाई
पनि कराँते खेल्ने इच्छा थियो । त्यसैले काठमाडौं आएकै वर्ष बुबाले मलाई बालाजु कराँते
डो प्रतिष्ठानमा पुर्याइदिनुभयो ।
मैले चञ्चलालाई हराएर छैटौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेकी थिएँ भने लखनउ,
कोलकाता, नयाँ दिल्ली, दुबई तथा मलेसियामा भएका आमन्त्रण प्रतियोगिताहरू पनि
खेलें र ती सबैमा पदक जितें । अनुभवको कुनै कमी नहोस् भनेर गुरुले हामीलाई वैदेशिक
प्रतियोगितामा लानुहुन्थ्यो । ती अनुभव इन्चोन एसियाडमा नेपाललाई एक्लो पदक
दिलाउन काम लाग्यो । छोरी मान्छे भएर पनि पदक जितेर आफूलाई प्रमाणित गर्न
पाउँदा गर्व लागेको छ भने आफूलाई पहिले नराम्रो भन्नेहरूलाई पनि सफलता हात पारेर
जवाफ दिन पाएकी छु ।
Second Menu
▼
No comments:
Post a Comment