विश्वकै सबैभन्दा अग्लो हिमाल चढेकी नायिका निशा अधिकारी अब भने अफि्रकाको सवैभन्दा उच्च हिमाल चढ्ने भएकी छिन् । विश्वकै अग्लो शिखर सगरमाथा चढेपछि निशाको खुबै चर्चा भएको थियो ।
अब उनै निशा अफि्रकामा रहेको समुन्द्री सतहबाट ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको किलिमनजारो हिमाल चढ्न लागेकी हुन् । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै यो जानकारी दिएकी छिन् ।
उनले अक्टोबर १ बाट हिमाल आरोहण सुरु गर्नेछिन् । सेप्टेम्बरको अन्तिममा उनी त्यता जाँदैछिन् । निशाले नेपालको राष्ट्रिय झण्डा र कलाकार संघको झण्डा पनि किलिमनजारोमा फराउने छिन् । आफूले सिंगो नेपाली नारीको प्रतिनिधित्व गर्दै हिमाल चढ्न लागेको उनको भनाई छ ।
No comments:
Post a Comment