पछिल्लो समयको चर्चित हास्यश्रृंखला 'भद्रगोल' का पाँच जना कलाकारले हङकङमा
प्रस्तुति दिएका छन् । क्रिसमसको अवसर पारेर इन्द्रेणी समूह हङकङले आयोजना गरेको
कार्यक्रममा भद्रगोलका कुमार कट्टेल (जिग्री ब्रो), अर्जुन घिमिरे (पाँडे), सुवास
कार्की (बेलासे), सागर लम्साल (बले), हरि निरौला (कक्रोच) सहभागी थिए । संयुक्त
तथा छुट्टाछुट्टै रूपमा उनीहरूले प्रहसन, नृत्य तथा स्टयान्डअप कमेडी प्रस्तुत गरे, जसलाई
दर्शकहरूले खुबै रुचाएका थिए ।
नेपालका महोत्सवहरूमा अत्यधिक डिमान्डमा रहेका भद्रगोलका कलाकारहरूको यो
पहिलो विदेश भ्रमण हो । कार्यक्रममा वरिष्ठ हास्यकलाकार राजाराम पौडेल पनि
संलग्न थिए ।
No comments:
Post a Comment