Second Menu

अनिता चलाउने, नाचिदेऊ मैयाँ भाँचिदेऊ कम्मर...

अनिता चलाउनेले यो वर्ष पहिलो पटक तीज गीत गाएकी हुन् । उनको यो पहिलो अनुभव सार्थक भएको छ । पहिलो कुरा उनले चर्चित गायक पशुपति शर्मासँग गीत गाउने मौका पाइन्, दोस्रो गीत युट्युबमा हिट भएको छ । युट्युबमा नाचिदेउ मैया भाँचिदेउ कम्मर शिर्षकको उक्त गीत २ लाखभन्दा बढी पटक हेरिएको छ । ०६७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि हालसम्म संगीतको विद्यार्थीका रुपमा अध्ययनरत रहेको बताउने अनिताले केही आधुनिक गीतसमेत गाइसकेकी छिन् । त्यसबाहेक उनले सुमन गौतमसँग गाएको पहिलो दोहोरी गीत भरिएको जवानी सार्वजनिक हुने क्रममा छ । ‘अब आगामी वर्ष पनि तीज गीत गाउने योजना बनाएकी छु’ अनिताले भनिन्– ‘यसपटकको सफलताले उत्साहित बनाएको छ ।’ पशुपतिसँग नै उनले अर्को दोहोरी गीत पनि गाउने तयारी भैरहेको छ ।

No comments:

Post a Comment