Second Menu

यस्तो बेला कसरी आफूलाई स्वस्थ राख्ने ?


- डा.बालकृष्ण साह
जेष्ठ ८, २०७२-म १९ वर्षीया किशोरी हुँ । मेरो महिनावारी सुरु भयो तर अहिले भूकम्पका
करणले हाम्रो बिजोग छ । यस्तो बेला कसरी आफूलाई स्वस्थ राख्ने ?
महिनावारीको समयमा संक्रमणबाट जोगिन सफा, सुकिलो, संक्रमणरहित तथा रगत
सोस्न सक्ने प्याड प्रयोग गर्नुपर्ने हुन्छ । घरबाहिर बसेका बेला तथा यस्तो विपत्तिका
बेला घरेलु प्याडको सरसफाइ गर्न गार्हो हुन सक्छ, त्यसैले रेडिमेड प्याड प्रयोग गर्न सकिन्छ
। यस्तो अवस्थामा प्रशस्त पानी, झोलकुराका साथै अन्य खानेकुरा पटक–पटक खानुपर्छ ।
तपार्इंलाई धेरै नै पीडा हुन्छ भने हट रबर ब्यागले सेक्न सकिन्छ वा पीडा कम गर्ने औषधिहरू
(सिटामोल, मेफटल, ब्रुफेन आदि) प्रयोग गर्न सकिन्छ । प्रयोग गरिसकेको प्याडको
व्यवस्थापन तथा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।

No comments:

Post a Comment