Second Menu
▼
कुरा फेर्दै छुल्ठिम
आश्विन १०, २०७२- पहिलो चलचित्रबाटै दर्शकको मनमा राम्रो स्थान बनाउन सफल अभिनेत्री हुन्— छुल्ठिम गुरुङ । चलचित्र ‘नोभेम्बर रेन’ मा सह–अभिनेत्रीको भूमिका निर्वाह गर्ने छुल्ठिमलाई दर्शकले असाध्यै मन पराए । टम ब्वाइ शैलीको भूमिकामा प्रस्तुत भएकी छुल्ठिम त्यसपछि कुनै पनि चलचित्रमा देखा परिनन् ।
प्रस्ताव नआएर चलचित्रमा नदेखिएकी हुन् अथवा अभिनय गर्न मन नलागेर नदेखिएकी हुन्, यो छुल्ठिमको निजी कुरा हो तर उनले सार्वजनिक स्थलमै चलचित्रको अभिनयलाई निरन्तरता नदिने घोषणा गरेकी थिइन् ।
स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उद्घोषिका तथा नृत्यांगनाका रूपमा सहभागिता जनाउँदै आएकी छुल्ठिमले अघिल्लो साता सम्पन्न एनएफडिसी चलचित्र एवार्डपछि भने बोली फेरेकी छिन् । उक्त समारोहमा सर्वोत्कृष्ट सहअभिनेत्रीका रूपमा पुरस्कृत भएपछि छुल्ठिमले चलचित्रको अभिनयलाई निरन्तरता दिने संकेत गरेकी छिन् । ‘चलचित्रमा अभिनय गर्दिन भन्दा प्रशंसकहरू निराश हुनु भएको थियो, छुल्ठिमको भनाइ थियो— ‘तर आगामी दिनमा म दर्शकहरूलाई निराश बनाइरहन्न अर्थात् चलचित्रको अभिनयलाई निरन्तरता दिनेछु ।’

No comments:
Post a Comment