एशियाली मुलुककी सबैभन्दा सुन्दर र प्रतिभावान् महिलाको छनौट
लागि अघि सारिएको प्रतियोगिता 'मिस एशिया २०१५' लागि
नेपालका तर्फबाट गृष्मा बस्नेतले मिस ट्यालेन्टेडको उपाधि हात पार्न
सफल भएकी छिन् ।
उनले ट्यालेन्ट राउन्डमा म प्यार बेचि दिन्छु .... बोलको गीतमा नृत्य
प्रस्तुत गरेकी थिइन् । नेपालका तर्फबाट चयन भएकी २० वषिर्या गृष्मा
बस्नेतले सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेप्लीज
काउन्सिलका तर्फबाट अवसर जुराएकी हुन् । यस अघि एसएलसी पि्रन्सेस्
२०११ मा थर्ड रनर अप तथा मिस ईकलेज २०१२ को शीर्ष उपाधि विजेता
बनेकी पााच फिट साढे पााच फिट अग्ली गृष्मा मिस नेपाल २०१४ का
प्रतिस्पर्धी पनि हुन् ।
भारतको केरला राज्यको कोचिनमा अवस्थित ला मेरिडियनमा सम्पन्न
फाइनल प्रतिस्पर्धामा भारतकी २० वषिर्या कनिका कपूरले मिस
एसिया २०१५ को ताज पहिरिन सफल भइन् । प्रतियोगितामा एशियाका
१४ मुलुकका सुन्दरीहरुको सहभागिता रहेको थियो ।
Second Menu
▼
No comments:
Post a Comment