Second Menu

वाम्बुले राईको ढ्वाङ्कुम पर्व


भाद्र १८, २०७२-
उदयपुरको कटारीका वाम्बुले राईहरूले शनिबार आफ्नो महान् पर्व ढ्वाङ्कुम धूमधामका
साथ मनाएका छन् । यो पर्वलाई वाम्बुले राईहरूले आफ्नो ठूलो पर्व मान्ने गरेका छन् । हरेक
वर्ष जनैपूर्णिमाका दिन वाम्बुले राईहरू यो पर्व मनाउँछन् । पर्वको अवसरमा सामूहिक
रूपमा भेला भै आ–आफ्नो घरबाट ल्याईएको खानेकुरा खाई लोप हुँदै गएको संगिना नाच
नाचेर यो पर्व मनाइन्छ ।
वर्षे बाली पाकेपछि प्रकृति पूजा गर्दै सहकाल आएको खुसियालीमा यो पर्व मनाउने
चलन रहेको आयोजक वाम्बुले राई समाज (वाम्रास) उदयपुरका अध्यक्ष रामबहादुर राईले
बताए । कटारीमा यो पर्व मनाउन थालेको ५ औं वर्ष पुगेको छ । पर्वका अवसरमा लोप हुन
लागेको संगीना (चाम्दो) प्रस्तुत गरी त्यसका सम्बन्धमा युवा पुस्तालाई जानकारी
गराइएको थियो ।

No comments:

Post a Comment